1

¶ त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।

2

इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।

3

यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ?

4

हरेक कुलको निम्ति तिन-तिन जना मानिस चुन र म तिनीहरूलाई पठाउने छु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्ने छन् र त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन् ।

5

तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।

6

तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु ।

7

तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

8

त्यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए, “भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु ।”

9

मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातैवटै खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के ।

10

त्यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले । यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे र हरेकलाई आ-आफ्नो भाग दिइयो ।

11

कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।

12

उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।

13

त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्‍यो ।

14

त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो ।

15

दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो ।

16

त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो, जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्‍नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्‍यो ।

17

यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्‍क्यो, जुन अदुम्‍मीमको उकालोको सामुन्‍ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्‍यो ।

18

यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।

19

सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।

20

पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो ।

21

बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस,

22

बेथ-अराबा, समारैम, बेथेल,

23

अब्बीम, पारा, ओप्रा,

24

कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए ।

25

त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए ।

26

मिस्पा, कपीरा, मोशा,

27

रेकेम, यिर्पल, तरला,

28

सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।