1

¶ हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ ।

2

त्यसैले तपाईंको शक्ति र महिमा देख्‍नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।

3

किनभने तपाईंको करारको विश्‍वस्‍तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ ।

4

त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंकै नाउँमा म आफ्‍ना हातहरू उचाल्‍नेछु ।

5

हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।

6

जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु ।

7

किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु ।

8

तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।

9

तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,

10

तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।

11

तर राजाचाहिं परमेश्‍वरमा आनन्‍दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।