Verse 17

पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।

Referenced Verses

  • John 4:14 : 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”
  • Rev 21:6 : 6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
  • Isa 55:1-3 : 1 ¶ “आओ, हरेक व्‍यक्‍ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन । 2 जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार । 3 आफ्‍ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
  • Rev 21:9 : 9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
  • Rev 21:2 : 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
  • Isa 2:5 : 5 ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिंडौं ।
  • Isa 12:3 : 3 आनन्दसाथ तिमीहरूले मुक्‍तिको इनारहरूबाट पानी तान्‍नेछौ ।
  • Ps 34:8 : 8 परमप्रभु असल हुनुहुन्छ भन्‍ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
  • Isa 2:3 : 3 धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
  • John 7:37 : 37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
  • Rev 2:7 : 7 मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”
  • John 4:10 : 10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
  • 1 Cor 2:12 : 12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
  • 1 Thess 1:5-8 : 5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ । 6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ । 7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ । 8 तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।
  • John 16:7-9 : 7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु । 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– 9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्; 10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ; 11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ । 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ । 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
  • Isa 48:16-18 : 16 मेरो नजिक आओ र यो कुरा सुनः “सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।” अहिले परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ । 17 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ । 18 तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए । तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्‍ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो ।
  • Rev 22:1 : 1 ¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
  • Rev 22:16 : 16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
  • Jer 50:5 : 5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
  • Mic 4:2 : 2 धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।
  • Zech 8:21-23 : 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • John 1:39-46 : 39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो । 40 यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए । 41 अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ ।” 42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ । 43 अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” 44 फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो । 45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।” 46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
  • Rom 3:24 : 24 ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
  • John 4:29 : 29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त?”