१ इतिहास 13:6

अनलक शाब्दिक बाइबल

तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा उक्‍लेर गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 15:9 : 9 त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
  • निर्ग 25:22 : 22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
  • २ राजा 19:15 : 15 तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।
  • यहो 15:60 : 60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
  • १ शमू 4:4 : 4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए ।
  • २ शमू 6:2-9 : 2 दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । 3 तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए । 4 तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए । 5 तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले । 6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते । 7 त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे । 8 दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ । 9 दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?” 10 त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे । 11 पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।
  • १ राजा 8:16 : 16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।
  • गिन 6:27 : 27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु ।
  • गिन 7:89 : 89 जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।
  • निर्ग 20:24 : 24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
  • निर्ग 23:21 : 21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
  • भजन 80:1 : 1 ¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।
  • भजन 99:1 : 1 ¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
  • यशा 37:16 : 16 “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्‍वर हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 6:2-4
    3 पदहरू
    91%

    2दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।

    3तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए ।

    4तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए ।

  • 5यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका सारा इस्राएललाई दाऊदले भेला गराए ।

  • १ इति 15:1-3
    3 पदहरू
    81%

    1¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।

    2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”

    3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।

  • 4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

  • १ इति 13:7-9
    3 पदहरू
    80%

    7त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्‍जाह र अहियोले उक्‍त गाडा धकेल्‍दै थिए ।

    8दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए ।

    9जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्‍जाहले सन्‍दूक समात्‍नलाई आफ्‍नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्‍यो ।

  • 25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।

  • २ शमू 6:12-13
    2 पदहरू
    77%

    12अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।

    13जब परमप्रभुको सन्दुक बोक्‍नेहरू छ कदम अगि बढ्‍थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।

  • १ शमू 7:1-2
    2 पदहरू
    77%

    1¶ किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।

    2त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।

  • २ शमू 6:9-10
    2 पदहरू
    77%

    9दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”

    10त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • 21किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”

  • १ इति 13:12-13
    2 पदहरू
    77%

    12त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”

    13यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • 15यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।

  • १ राजा 8:3-4
    2 पदहरू
    76%

    3इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए ।

    4तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए ।

  • 12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

  • 2त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए ।

  • 29त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।

  • 17तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।

  • 1¶ तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे ।

  • 28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।

  • १ इति 15:14-15
    2 पदहरू
    74%

    14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।

    15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।

  • २ इति 5:4-5
    2 पदहरू
    74%

    4इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।

    5तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।

  • १ राजा 8:6-7
    2 पदहरू
    73%

    6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।

    7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।

  • 18शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।

  • 7पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।

  • 1¶ तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।

  • 3हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”

  • 6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते ।

  • 13यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए ।

  • 8तब परमप्रभुको सन्दुक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।

  • 8त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्‍वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।

  • 8हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् ।

  • 4दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।

  • 11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”

  • 1¶ यति बेला पलिश्‍तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्‍यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।

  • १ शमू 4:3-4
    2 पदहरू
    71%

    3जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्‍यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”

    4त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए ।