१ इतिहास 2:3
यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।
2त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।
3तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।
4तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् ।
5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।
6यहूदाले आफ्नो जेठो छोरा एर्को निम्ति एउटी पत्नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।
7तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो । यसैकारण परमप्रभुले त्यसको प्राण लिनुभयो ।
8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”
9त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।
10उसले जे गर्यो त्यो परमप्रभुको दृष्टिमा खराब थियो । परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।
11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।
19एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
20यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर् र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
4तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए ।
5फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
3यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
2रूबेन, शिमियोन, लेवी र यहूदा,
33अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
2दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर ।
24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”
21यहूदाका छोरा शेलहका सन्तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।
9हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
1¶ यहूदाका सन्तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।
10यहूदा हेब्रोनमा बस्ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
2यहूदा आफ्ना दाजुभाइमध्ये सबैभन्दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्येष्ठ अधिकार योसेफको थियो—
41अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।
15योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्छा शल्लूम थिए ।