१ इतिहास 21:9
परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो,
परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”
11जब दाऊद बिहान उठे, दाऊदका दर्शी गाद अगमवक्ताकहाँ परमेश्वरको वचन यसो भनेर आयो,
12“जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्न दिन्छु । तिमध्ये एउटा रोज ।”
13त्यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “तपाईंको देशमा तीन वर्षको अनकाल आउने छ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्नुहुने छ? वा तपाईंको देशमा तीन दिन रुढी हुने छ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस् ।”
14त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।”
10“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छः तँलाई म तिनवटा कुरा रोज्न दिन्छु । तिमध्ये एउटा रोज ।’”
11यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘यिमध्ये एउटा रोज:
12तिन वर्षसम्मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्म खेद्ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्पूर्ण ठाउँमा विनाश ल्याउने एउटा विपत्तिको कुरा ।’ त्यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस् ।”
13तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन् ।”
16दाऊदले मास्तिर हेरे र परमप्रभुका स्वर्गदूतले आफ्नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्वीका बीचमा खडा भएको देखे । तब भाङ्ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्टो परे ।
17दाऊदले परमेश्वरलाई भने, “सेनाको गन्ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।
19यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्यहाँ उक्लेर गए ।
17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
18अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस् ।”
19जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्यसरी नै दाऊद माथि गए ।
8दाऊदले परमेश्वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।”
5तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
17नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।
18त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?
19अब हे परमप्रभु परमेश्वर, यो तपाईंको दृष्टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्नुभएको छ र भावी पुस्ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।
20म दाऊदले तपाईंलाई अरू भन्न सक्छु र? हे परमप्रभु परमेश्वर, तपाईंको सेवकलाई तपाईंले चिन्नुभएको छ ।
2तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्नो मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ ।”
3तर त्यही रात परमेश्वरको यो वचन नातानकहाँ यसो भनेर आयो,
32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।
15नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।
16तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
13तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।
9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
3त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्छौ?”
4तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,
31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
1¶ त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।
2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्यो लाने इच्छा हुन्छ भने त्यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्तो अरू कुनै तरवार छैन । त्यो मलाई दिनुहोस् ।”
16यसैले परमेश्वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्मै पराजित गरे ।
17परमप्रभुले जे गर्छु भन्नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
28तब राजा दाऊदले जवाफ दिए, “बतशेबालाई फेरि मकहाँ बोलाऊ ।” उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन् ।
19त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”
16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्त राजालाई मारेको छु' ।”
24शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्नुभएको छ, 'म आफ्ना मानिसहरूलाई पलिश्तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
27तब परमप्रभुले त्यो स्वर्गदूतलाई आज्ञा दिनुभयो र स्वर्गदूतले आफ्नो तरवारलाई त्यसको म्यानमा राखे ।
15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,
9शाऊलले आफ्नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्ने तपाईंको दासले सुनेको छ ।
2दाऊदले योआब र आफ्ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्मका इस्राएलका मानिसहरूको सङ्खया गन्ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्या जान्न सकूँ ।”
10तब दाऊदले परमेश्वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु ।”
22दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।