१ इतिहास 27:7

अनलक शाब्दिक बाइबल

चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 11:26 : 26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,
  • २ शमू 23:24 : 24 ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
  • २ शमू 2:18-23 : 18 सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए । 19 असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे । 20 अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।” 21 अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् । 22 त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?” 23 तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो, त्‍यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 27:1-6
    6 पदहरू
    84%

    1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।

    2पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    3तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।

    4अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    5अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    6यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए ।

  • १ इति 27:8-15
    8 पदहरू
    83%

    8पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    9छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    10सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    11आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    12नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    13दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    14एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    15बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,

  • 30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।

  • 16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।

  • 18सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए ।

  • 28अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।

  • १ इति 4:35-37
    3 पदहरू
    71%

    35योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,

    36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

    37र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।

  • 26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

  • गिन 2:6-8
    3 पदहरू
    70%

    6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।

    7जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।

    8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।

  • 34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए ।

  • 23हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।

  • 4“तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।

  • 24अज्‍मावेतका मानिसहरू ४२

  • १ इति 12:3-4
    2 पदहरू
    69%

    3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

    4गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,

  • 40यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।

  • 4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।

  • 14र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।

  • 11चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,

  • 4ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,

  • 2आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।

  • २ शमू 2:21-22
    2 पदहरू
    68%

    21अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।

    22त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”

  • 23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।

  • 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • 4तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए ।

  • 18एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 7बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।

  • 37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

  • 9एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,

  • 30यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।

  • 28बेथ-अज्‍मावेतका मानिसहरू ४२

  • 26देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए ।