१ इतिहास 29:20

अनलक शाब्दिक बाइबल

दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 4:31 : 31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
  • निर्ग 14:31 : 31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
  • यहो 22:33 : 33 इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।
  • १ शमू 12:18 : 18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
  • १ इति 16:36 : 36 परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”
  • २ इति 20:21 : 21 मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”
  • भजन 29:1-2 : 1 ¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ । 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
  • भजन 95:6 : 6 आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
  • भजन 134:2 : 2 पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
  • भजन 135:19-21 : 19 हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर । 20 हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर । 21 सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
  • भजन 145:1-9 : 1 ¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु । 2 हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु । 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ । 4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ । 5 म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु । 6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु । 7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् । 8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ । 9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् । 10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् । 11 तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् । 12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् । 13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ । 14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ । 15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ । 16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ । 17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ । 18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ । 19 उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ । 20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ । 21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।
  • भजन 148:13-14 : 13 तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ । 14 उहाँले आफ्‍ना सबै विश्‍वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्‍ति आफ्‍ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।
  • नीति 24:21 : 21 हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् ।
  • १ पत्रु 2:17 : 17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।
  • उत्प 24:26 : 26 तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गर्‍यो ।
  • उत्प 24:48 : 48 अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 29:9-11
    3 पदहरू
    85%

    9यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए ।

    10दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ ।

    11हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।

  • २ इति 29:29-30
    2 पदहरू
    82%

    29जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे ।

    30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।

  • १ राजा 8:14-15
    2 पदहरू
    82%

    14तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।

    15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,

  • २ इति 6:3-4
    2 पदहरू
    80%

    3त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।

    4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,

  • १ राजा 1:47-48
    2 पदहरू
    79%

    47यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

    48राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।”

  • 2दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।

  • १ राजा 1:31-32
    2 पदहरू
    77%

    31तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!”

    32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।

  • 18जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिद्ध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए ।

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 18यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे ।

  • 1¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”

  • 20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।

  • 1¶ राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।

  • 4यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।

  • १ इति 28:1-2
    2 पदहरू
    74%

    1¶ दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।

    2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।

  • 36परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

  • 16तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?

  • 21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • १ इति 29:23-24
    2 पदहरू
    73%

    23त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।

    24सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए ।

  • 17दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,

  • 55“परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ ।

  • 16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”

  • 28जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।

  • 26तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गर्‍यो ।

  • 23यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”

  • 19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”

  • 9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।

  • 62त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए ।

  • 6एज्राले महान् परमेश्‍वर परमप्रभुलाई धन्यावाद दिए, अनि सारा मानिसले आ-आफ्ना हात उठाएर “आमेन! आमेन!” भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे ।

  • 13अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं ।

  • 18त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?

  • 20दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ ।

  • 36यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “यस्तै होस्! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून् ।

  • 29राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,

  • 12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।

  • 7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।

  • 43तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।

  • 26अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् ।

  • 9परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।”