१ इतिहास 5:1

अनलक शाब्दिक बाइबल

¶ इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 29:32 : 32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
  • उत्प 35:22 : 22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।
  • उत्प 48:15-22 : 15 इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ, 16 ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।” 17 जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए । 18 योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।” 19 तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।” 20 इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे । 21 इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ । 22 त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”
  • उत्प 49:3-4 : 3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट । 4 बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।
  • १ इति 2:1 : 1 ¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
  • १ इति 26:10 : 10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
  • १ कोरि 5:1 : 1 ¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
  • कलस्सी 1:15 : 15 पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।
  • उत्प 46:8 : 8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।
  • उत्प 25:23 : 23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
  • निर्ग 6:14 : 14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
  • लैव्य 18:8 : 8 आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
  • लैव्य 20:11 : 11 आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
  • गिन 1:5 : 5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको
  • गिन 16:1 : 1 ¶ लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
  • गिन 26:5 : 5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
  • व्यव 21:17 : 17 बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।
  • व्यव 27:20 : 20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
  • यहो 14:6 : 6 त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ ।
  • १ शमू 16:6-9 : 6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए । 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।” 8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।” 9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।” 10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।” 11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 5:2-3
    2 पदहरू
    85%

    2यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—

    3इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए ।

  • उत्प 49:3-4
    2 पदहरू
    79%

    3रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट ।

    4बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।

  • उत्प 46:8-9
    2 पदहरू
    79%

    8मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।

    9रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी;

  • 14तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।

  • 5रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।

  • उत्प 35:22-24
    3 पदहरू
    76%

    22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।

    23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

    24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।

  • गिन 1:20-21
    2 पदहरू
    75%

    20इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

  • निर्ग 1:1-3
    3 पदहरू
    75%

    1¶ याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्:

    2रूबेन, शिमियोन, लेवी र यहूदा,

    3इस्साखार, जबूलून, र बेन्यामीन,

  • १ इति 2:1-2
    2 पदहरू
    73%

    1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

    2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

  • व्यव 21:16-17
    2 पदहरू
    72%

    16अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन ।

    17बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।

  • उत्प 48:17-19
    3 पदहरू
    72%

    17जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।

    18योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।”

    19तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”

  • 15मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए ।

  • 2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।

  • 6स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।

  • 1¶ बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,

  • 7यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।

  • 7आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र

  • 5अब म मिश्रमा आउनअगि मिश्रमा जन्‍मेका तेरा यी दुई जना छोराहरू मेरै हुन्‌ । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌ ।

  • १ इति 1:34-35
    2 पदहरू
    69%

    34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

    35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

  • उत्प 37:21-22
    2 पदहरू
    69%

    21रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।”

    22तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।”

  • 26लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।