१ इतिहास 6:54
हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्यो ।
55उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,
56तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।
57हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र लिब्ना, यत्तीर, र एश्तमोका खर्कहरूसहित,
63मरारीका सन्तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
66कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
4कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
5बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
20बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
53अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
61कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
1¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
2कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
3अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
27यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।
31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्तानहरूले गरेझैं चिट्ठा हाले ।
19कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्जीएल थिए ।
19आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।
24कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
50हारूनका सन्तान निम्नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।
22कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।
24पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्यो ।
57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्येबाट तिनीहरू पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए ।
37मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
2“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।
48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।
16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
1¶ हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
37समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।
38कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
9तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्नुपर्थ्यो ।
32छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्तालीको कुललाई पर्यो ।
18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा
29कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू ।
1¶ कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्तासम्म तिनीहरू त्यहाँ बस्नेछन् ।
46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका
55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
26तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
7पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
11कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।
15जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्ने काम कहातका सन्तानहरूको हो ।
17लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।
70मनश्शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।