१ कोरिन्थीहरू 11:10

अनलक शाब्दिक बाइबल

यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:64-65 : 64 रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् । 65 तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌ ।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌ ।
  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • इब्रा 1:14 : 14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?
  • उत्प 20:16 : 16 सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 11:3-9
    7 पदहरू
    81%

    3म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।

    4कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

    5तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।

    6यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।

    7पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।

    8किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो ।

    9न त पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो, तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो ।

  • १ कोरि 11:11-16
    6 पदहरू
    80%

    11तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।

    12किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।

    13तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?

    14कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

    15कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

    16तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।

  • १ तिमो 2:9-15
    7 पदहरू
    73%

    9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

    10तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।

    11एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।

    12म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।

    13किनभने आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा

    14र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।

    15तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।

  • १ कोरि 14:33-36
    4 पदहरू
    71%

    33किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

    35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।

    36के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?

  • १ पत्रु 3:3-7
    5 पदहरू
    70%

    3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।

    4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।

    5किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।

    6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।

    7त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।

  • एफिसी 5:22-24
    3 पदहरू
    70%

    22पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।

    23किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।

    24तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।

  • १ कोरि 7:3-4
    2 पदहरू
    69%

    3पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।

    4आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।

  • 5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।

  • 9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”

  • 18पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।

  • 1¶ यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।

  • 5हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।

  • 22परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ ।

  • 10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’

  • 7यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,

  • 11स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।

  • 10परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।

  • 7तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।

  • 11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।

  • 23मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”

  • 16उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”

  • 22उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।

  • 1¶ हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।