१ कोरिन्थीहरू 9:15
तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु ।
तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ ।
17किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।
18त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
19किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौँ भनेर म सबैको दास भएँ ।
17त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ ।
18किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
24तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
5त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।
30यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
14हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
1¶ मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।
23सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्हरूमा म सहभागी हुन सकूँ ।
9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ ।
10तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो ।
11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
10ख्रीष्टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।
31म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्ट हाम्रा प्रभुमा पाएको छु ।
10त्यसकारण, म ख्रीष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्यौँ ।
27तर म आफ्नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।
1¶ विश्वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
14त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
12तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।
5किनकि म विचार गर्दछु, कि ती सर्वोच्च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्जित हुनेछैन ।
9मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्ने देखाउन चाहन्नँ ।
13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ ।
14तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।
7के मैले तिमीहरूलाई उच्च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
33मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
10के मैले अहिले मानिसहरू वा परमेश्वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्टको दास होइनँ ।
11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
16जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्ने म जान्नेछु ।
20मेरो विश्वस्त आशा र निश्चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्ट मेरो शरीरमा उचालिनुहुनेछ भन्ने म आशा गर्दछु ।
21किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो ।
22तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन ।
16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
17मैले भनेको यो घमण्डको निश्चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
18धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।
1¶ के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र?
3यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
20यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5
30किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।