१ यूहन्ना 2:28
अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् ।
अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
2प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
24तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ ।
25उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो ।
1¶ मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ ।
27तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
20तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ ।
21प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।
6उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
7प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
17संसार र यसका इच्छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ ।
18साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ ।
29यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।
18मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
19यसैद्वारा हामी सत्यका हौँ भन्ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्ने निश्चय गर्छौं ।
3अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरको होइन । यो ख्रीष्ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ ।
4मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
15जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्वरमा रहन्छ ।
16अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
17न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
12मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्टको नाउँको खातिर क्षमा गरिएका छन् ।
13बुबाहरू हो, म तपाईंहरूलाई लेख्छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
14बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ ।
15संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन ।
5तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
6परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ ।
24जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
7किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्ट विरोधी हो ।
8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
9जो अगाडि बढिरहन्छ र ख्रीष्टको शिक्षामा रहँदैन त्यससँग परमेश्वर हुनुहुन्न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
2हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं ।
8तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ ।
20तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ ।
33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
2(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);
3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
4र तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।
5हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
6हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
7तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
21प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरप्रति दृढ छौँ ।
3यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ ।
14त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
4जसरी हामीले यो आज्ञा पिताबाट प्राप्त गर्यौँ त्यसरी नै तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्दित छु ।
5अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
13मैले यी कुराहरू परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्ने तिमीहरूले जान्न सक ।
2जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
14तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
13यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
1¶ अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,