१ यूहन्ना 3:15

अनलक शाब्दिक बाइबल

जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 5:21-22 : 21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’ 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।
  • प्रेरि 23:14 : 14 तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ ।
  • प्रका 21:8 : 8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
  • नीति 26:24-26 : 24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ । 25 त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् । 26 त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।
  • गलाती 5:20-21 : 20 मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, 21 डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।
  • मत्त 5:28 : 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
  • यूह 8:44 : 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
  • प्रेरि 23:12 : 12 जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
  • उत्प 27:41 : 41 आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
  • लैव्य 19:16-18 : 16 आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ । 17 आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू । 18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
  • २ शमू 13:22-28 : 22 अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे । 23 पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए । 24 अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।” 25 राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए । 26 तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?” 27 अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए । 28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
  • मर 6:19 : 19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,
  • यूह 4:14 : 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”
  • याक 1:15 : 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
  • याक 4:1-2 : 1 ¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र? 2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
  • १ पत्रु 1:23 : 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ यूह 3:9-14
    6 पदहरू
    88%

    9जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो ।

    10यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।

    11तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।

    12कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।

    13मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।

    14हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।

  • १ यूह 3:16-18
    3 पदहरू
    82%

    16यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।

    17तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ?

    18मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।

  • १ यूह 2:9-11
    3 पदहरू
    81%

    9जसले ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ ।

    10जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।

    11तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसको आँखा अन्‍धो तुल्‍याएको छ ।

  • १ यूह 4:19-21
    3 पदहरू
    80%

    19हामी प्रेम गर्दछौँ, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।

    20कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन ।

    21अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।

  • १ यूह 5:16-18
    3 पदहरू
    72%

    16यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।

    17सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।

    18हामी जान्दछौँ, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई छुँदैन ।

  • 21प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’

  • १ यूह 4:7-8
    2 पदहरू
    72%

    7प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ ।

    8जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ ।

  • १ यूह 3:4-6
    3 पदहरू
    72%

    4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

    5पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।

    6उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।

  • 23जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।

  • 20किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।

  • 25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।

  • 36पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”

  • १ यूह 4:11-12
    2 पदहरू
    70%

    11प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।

    12परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।

  • 11तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने

  • 36तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”

  • 9जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।

  • यूह 15:17-18
    2 पदहरू
    70%

    17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।

    18यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।

  • 15संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।

  • 12जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।

  • 16अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्‍वास गरेका छौँ । परमेश्‍वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।

  • १ यूह 2:3-5
    3 पदहरू
    69%

    3यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।

    4जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।

    5तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।

  • 8कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।

  • 17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।

  • १ यूह 3:23-24
    2 पदहरू
    68%

    23अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।

    24जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्‍वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।

  • 2जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।

  • 15ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।

  • 3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।

  • 17हत्या नगर्नू ।

  • 21वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।