१ राजा 1:13

अनलक शाब्दिक बाइबल

राजा दाऊदकहाँ गएर भन्नहोस्, ‘मेरा मालिक राजा, के तपाईंले आफ्नो सेवकलाई “निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ” भनी तपाईंले मसित शपथ खानुभएको होइन र? त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त?’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 1:30 : 30 कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”
  • १ राजा 1:17 : 17 उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।”
  • १ राजा 1:24 : 24 नातानले भने, “हे मेरा मालिक राजा, “के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको छ र?’
  • व्यव 17:18 : 18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।
  • १ राजा 1:11 : 11 तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे, “हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन?”
  • १ राजा 1:35 : 35 त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”
  • १ राजा 1:48 : 48 राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।”
  • १ राजा 2:12 : 12 तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो ।
  • १ इति 22:6-9 : 6 तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए । 7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो । 8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ । 9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु । 10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’ 11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्। 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
  • १ इति 29:23 : 23 त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।
  • भजन 132:11-12 : 11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु । 12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”
  • यशा 9:7 : 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • यिर्मि 33:21 : 21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
  • लू 1:32-33 : 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 1:16-21
    6 पदहरू
    85%

    16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”

    17उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।”

    18अब हेर्नुहोस्, अदोनियाह राजा भएको छ, र मेरा मालिक हजुरलाई यो कुरा थाहै छैन ।

    19तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् ।

    20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

    21नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।”

  • १ राजा 1:24-28
    5 पदहरू
    85%

    24नातानले भने, “हे मेरा मालिक राजा, “के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको छ र?’

    25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’

    26तर तिनले तपाईंका दास मलाई, पुजारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन् ।

    27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”

    28तब राजा दाऊदले जवाफ दिए, “बतशेबालाई फेरि मकहाँ बोलाऊ ।” उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन् ।

  • १ राजा 1:10-12
    3 पदहरू
    84%

    10तर तिनले नातान अगमवक्ता, बनायाह, शक्तिशाली मानिसहरू र आफ्ना भाइ सोलोमनलाई निमन्त्रणा दिएनन् ।

    11तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे, “हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन?”

    12त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु ।

  • १ राजा 2:16-24
    9 पदहरू
    82%

    16अब म तपाईंलाई एउटा बिन्ती चढाउँछु र त्यसलाई इन्कार नगरिदिनुहोस् ।” बतशेबाले तिनलाई भनिन्, “भन ।”

    17तिनले भने, “मैले शुनम्मी अबीशगलाई पत्नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस् ।”

    18बतशेबाले भनिन्, “ठिक छ । म राजासित कुरा गर्ने छु ।”

    19त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् । उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे । त्यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे । उनी राजाको दाहिने हातपट्टि बसिन् ।

    20त्यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा छ, किनकि तिमीले इन्कार गर्ने छैनौ ।” राजाले उनलाई भने, “भन्नुहोस् मेरी आमा । म त्यसलाई इन्कार गर्ने छैनँ ।”

    21उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ ।”

    22राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?”

    23तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् ।

    24त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।”

  • १ राजा 1:42-44
    3 पदहरू
    81%

    42तिनी बोलिरहँदा पुजारी अबियाथार का छोरा जोनाथन आइपुगे । अदोनियाहले भने, “भित्र आऊ, किनकि तिमी योग्य मानिस हौ र तिमीले शुभ खबर ल्याउँछौ ।”

    43जोनाथनले अदोनियाहलाई जवाफ दिए, “हाम्रा मालिक राजा दाऊदले सोलोमनलाई राजा बनाउनुभएको छ,

    44र राजाले तिनीसितै पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको छ । तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन् ।

  • 14तपाईंले राजासित बोलिरहनुहुँदा म तपाईंको पछिपछि भित्र आउने छु र तपाईंको कुरा पुष्टि गरिदिने छु ।”

  • १ राजा 2:13-14
    2 पदहरू
    80%

    13त्यसपछि हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए । उनले भनिन्, “के तिमी शान्तिसितै आयौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिसित आएँ ।”

    14तब तिनले भने, “मैले तपाईंलाई केही कुरो भन्नु छ ।” उनले भनिन्, “भन ।”

  • 30कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”

  • 35त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”

  • १ राजा 1:5-8
    4 पदहरू
    77%

    5त्यस बेला हग्गीतका छोरा अदोनियाहले “म राजा हुने छु” भन्दै आफैलाई उचाले । त्यसैले तिनले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।

    6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।

    7अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबियाथारसित सरसल्लाह लिए । तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे ।

    8तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका शक्तिशाली मानिसहरूचाहिँ अदोनियाहतर्फ लागेनन् ।

  • 51त्यसपछि सोलोमनलाई यसो भनियो, “हेर्नुहोस्, अदोनियाह राजा सोलोमनदेखि डराएका छन्, किनकि तिनले यसो भन्दै वेदीका सिङहरू समातेका छन्, ‘राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून् भनी उहाँले पहिले मसित शपथ खानुभएको होस्' ।”

  • १ राजा 1:32-33
    2 पदहरू
    77%

    32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।

    33राजाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ, र मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ ।

  • १ राजा 1:46-47
    2 पदहरू
    75%

    46साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।

    47यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

  • २ शमू 14:15-16
    2 पदहरू
    74%

    15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

    16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

  • १ राजा 2:42-43
    2 पदहरू
    73%

    42तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।'

    43तब तिमीले किन परमप्रभुसित खाएको सपथ र मेरो आज्ञा पालन गरेनौ?”

  • 8सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ ।

  • 37जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।”

  • 12अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”

  • 16अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’

  • 17दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,

  • 19राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।