१ राजा 18:34
त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे ।
त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
32ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने ।
33तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।”
35पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो ।
38तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्यो, र खाडलको पानी पनि सुकाइदियो ।
23तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।
12त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,
13तर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
16परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
11उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
13तिनले आफ्ना होमबलि र अन्नबलि चढाए, आफ्नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।
6तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।
7अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।
13तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
14तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
22यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
12र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
25त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।
26यो शरणस्थानको माथिल्लो भागमा परमप्रभु तेरा परमेश्वरको निम्ति एउटा वेदी बना र त्यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
25त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।”
26तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे ।
5अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।
19उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।
19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
21त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
27तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्नै देशमा फर्के ।
15अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्न, तर काँचो मात्र लिनुहुन्छ ।”
16त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्छा गरेजति लानुहोस् ।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्ती गरेर लानेछु ।”
18तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए ।
7अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्ना दिनेछ ।
8जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,
20सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
3तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।”
19तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
3यसको साथै तिनले बेन-हिन्नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्दा चालमा हिंडेर तिनले आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
13तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।
18त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।
3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्न पार्ने सुगन्धित बास्नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।
9तर त्यसका भित्री भागहरू र खुट्टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
34आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।
2बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
4तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”
8त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
17तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए ।