१ राजा 2:38

अनलक शाब्दिक बाइबल

त्यसैले शिमीले राजालाई भने, “तपाईंले भन्नुभएको कुरो राम्रो छ । मेरा मालिक राजाले भन्नुभएझैँ हजुरको दासले गर्ने छ ।” त्यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 20:4 : 4 इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।”
  • २ राजा 20:19 : 19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 2:39-45
    7 पदहरू
    81%

    39तर तिन वर्षको अन्त्यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए । त्यसैले तिनीहरूले शिमीलाई यसो भने, “हेर्नुहोस्, तपाईंका दासहरू गातमा छन् ।”

    40तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।

    41शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो,

    42तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।'

    43तब तिमीले किन परमप्रभुसित खाएको सपथ र मेरो आज्ञा पालन गरेनौ?”

    44राजाले शिमीलाई यसो पनि भने, “तिमीले मेरा पितालाई गरेका सबै दुष्टता तिमीलाई आफ्नो मनमा थाहा छ । त्यसकारण परमप्रभुले तिम्रो दुष्टता तिम्रै शिरमाथि फर्काइदिनुहुने छ ।

    45तर राजा सोलोमनचाहिँ आशिषित हुने छन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ ।”

  • १ राजा 2:36-37
    2 पदहरू
    80%

    36त्यसपछि राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्यहीँ बस, अनि त्यहाँबाट कतै नजाऊ ।

    37किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ, निश्चय नै तिमी मारिने छौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने छ ।”

  • २ शमू 19:18-23
    6 पदहरू
    76%

    18तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्‍टङ्ग दण्‍डवत् गरे ।

    19शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्‍नुहोला ।

    20किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”

    21तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?”

    22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”

    23त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।

  • १ राजा 2:7-9
    3 पदहरू
    76%

    7तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए ।

    8हेर, बहूरीमको बेन्यामीनी गेराको छोरो शिमी तिमीसितै छ, जसले म महनोममा जाँदा त्यस दिन मलाई बेसरी सरापेको थियो । शिमी यर्दनमा मलाई भेट गर्न आयो, र त्यसले परमप्रभुको नाउँमा शपथ खाँदै भन्यो, 'म तिमीलाई तरवारले मार्ने छैनँ ।'

    9त्यसकारण, अब त्यसलाई दण्डविना नछोड्नू । तिमी बुद्धिमानी मानिस हौ, र त्यसलाई के गर्नुपर्छ भनी तिमीलाई थाहा छ । तिमीले त्यसको फुलेको कपाल रगतसँगै चिहानमा ल्याउनू ।”

  • २ शमू 16:12-13
    2 पदहरू
    74%

    12सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”

    13त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।

  • २ शमू 16:3-7
    5 पदहरू
    74%

    3राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”

    4तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”

    5जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।

    6राजाको दाया र बायातिर फौजहरू र अङ्गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्गाले हान्‍यो ।

    7शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्‍ट, तँ रक्‍तपात गर्ने मानिस!

  • २ शमू 19:36-38
    3 पदहरू
    73%

    36हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?

    37कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्‍ति गरिदिनुहोस् ।”

    38राजाले जवाफ दिए, “किमहाम मसँगै जाने छ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्ने छु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्‍छ सो म तपाईंको निम्ति गर्ने छु ।”

  • 16बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।

  • 38मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।

  • 27म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।

  • 30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।

  • २ शमू 15:20-21
    2 पदहरू
    70%

    20किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”

    21तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्‍तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्‍ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ ।”

  • 2शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”

  • 4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'

  • 36यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “यस्तै होस्! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून् ।

  • 8किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”

  • 14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”

  • 11सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्‍नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”

  • 2दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”

  • 26तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”

  • 8दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन?”

  • 31तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!”

  • 29तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।”

  • 25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 25त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”

  • 24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।

  • 7उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।

  • 10दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।