१ राजा 20:3
तपाईंका सुन र चाँदी मेरा हुन् । साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्' ।”
तपाईंका सुन र चाँदी मेरा हुन् । साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्' ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।”
5सन्देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, 'तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्नीहरू र बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ ।
6तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्' ।”
7तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् । मेरा पत्नीहरू, बालबच्चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु ।”
1¶ अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे । तिनीसित बत्तिस स-साना राजा, घोडाहरू र रथहरू थिए । तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे ।
2तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, '
8चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।
9त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।
10तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।”
5किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्यौ ।
31बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।”
32त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन्? तिनी त मेरा भाइ हुन् ।”
33अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।
34बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।
18त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए । तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे । तिनले भने,
14हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
12बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने । बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्क्तिबद्ध होओ ।” त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए ।
13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
24त्यसैले तपाईंले यसो गर्नुहोस्, 'सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस् ।
25तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे ।
11परमप्रभु भन्नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्याउने छु । तेरै आफ्नै आँखाको सामु तेरा पत्नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्यालोमा त्यो तेरा पत्नीहरूसित सुत्ने छ ।
3आफ्ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।
2त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर ती दमस्कसमा बस्ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने,
3इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”
24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्नीहरू विधवा बन्नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्नेछन् ।
9चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन ।
14इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।
17पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे । बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन् ।”
18बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।”
13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।
15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।
14तर स्त्री, बालबच्चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
12मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।
3अब, मेरा परमेश्वरको मन्दिरमा मेरो आनन्दको कारणले यसको निम्ति आफ्नो निजी भण्डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्दिरको निम्ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
2आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।”
3नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।”
15अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य मेरै थियो, र सारा इस्राएलले म नै राजा हुने छु भनी अपेक्षा गरेरहेका थिए । तर कुरो परिवर्तन भयो, र राज्य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो ।
39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'
7तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।
14उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
28तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
20आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस्?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।
8मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्त अरू धेरै कुरा दिने थिएँ ।
17तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
16उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।
24तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
19सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
19तर तिमीहरूका पत्नीहरू, तिमीहरूका बालबच्चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्ने छन् ।