१ राजा 22:12

अनलक शाब्दिक बाइबल

तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 22:6-9 : 6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।” 7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?” 8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।” 9 तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।” 10 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए । 11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।” 12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।” 13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।” 14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।” 15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
  • १ राजा 22:32-36 : 32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए । 33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के । 34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।” 35 त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो । 36 तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।”
  • २ इति 35:22 : 22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 18:8-14
    7 पदहरू
    97%

    8तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ ।”

    9यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।

    10केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्‍ट नभएसम्म नै तिनीहरूलाई धकेल्‍नुहुनेछ ।”

    11सबै अगमवक्ताले त्‍यसरी नै यसो भन्‍दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्‌, किनकि परमप्रभुले त्‍यो राजाको हातमा दिनुभएको छ ।”

    12मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्‍दो किसिमले बोल्‍नुहोस् ।”

    13मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्‍वरले जे भन्‍नुहुन्छ, म त्यही भन्‍नेछु ।”

    14जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्! किनकि त्‍यो महान् विजय हुनेछ ।”

  • १ राजा 22:13-20
    8 पदहरू
    85%

    13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”

    14मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”

    15जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”

    16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”

    17तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”

    18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?”

    19तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।

    20परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।

  • १ राजा 22:3-11
    9 पदहरू
    82%

    3इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”

    4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”

    5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”

    6तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।”

    7तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?”

    8इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”

    9तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”

    10इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।

    11केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”

  • 5तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ ।”

  • १ राजा 22:28-29
    2 पदहरू
    77%

    28तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”

    29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।

  • 13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”

  • २ इति 18:27-28
    2 पदहरू
    74%

    27तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्‍नुहोस् ।”

    28यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए ।

  • १ राजा 22:22-24
    3 पदहरू
    73%

    22आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'

    23त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”

    24तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”

  • २ इति 18:17-19
    3 पदहरू
    73%

    17यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”

    18तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्‍नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्‍नुभएको र स्‍वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।

    19परमप्रभुले भन्‍नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ ।

  • 26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”

  • 4त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।

  • 12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।

  • 5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

  • 1¶ अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ ।

  • २ इति 18:22-25
    4 पदहरू
    71%

    22अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ, र परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”

    23तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्‍पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

    24मीकायाले भने, “हेर, त्‍यो त तिमी लुक्‍नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”

    25इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।

  • २ इति 18:2-3
    2 पदहरू
    71%

    2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।

    3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

  • 22त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।”

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

  • 20तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”