१ राजा 6:37
चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो ।
चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।
2सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।
38एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो । मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।
36तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए ।
1¶ तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्यो ठाउँ तयार पारे ।
2तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे ।
6मन्दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।
3“राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,
4चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।
15दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।
15राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।
7तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्यो सातौँ महिनामा सिद्ध्याए ।
16तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।'
17अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्धान होस् । त्यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्ट होस् ।”
8त्यसपछि तिनीहरू यरूशलेममा परमेश्वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।
8परमप्रभुको यस्तो वचन मकहाँ आयो,
9“यरुबाबेलका हातले यस भवनको जग बसाल्यो, र त्यसकै हातले यो पूर्ण गर्नेछ ।” अनि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा गर्नेछौ ।
1¶ दारा राजाले चार वर्ष शासन गरिसकेपछि, किसलेव (अर्थात् नवौँ महिना) को चौथो दिनमा, परमप्रभुको वचन जकरियाकहाँ आयो ।
5मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए ।
6सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे ।
7ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।
17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।
2“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।”
13तापनि कोरेस बेबिलोनका राजा बन्नुभएको पहिलो वर्षमा कोरेसले परमेश्वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।
16परमप्रभुका मन्दिरको जग बसालेदेखि त्यो पूरा नभएसम्म सोलोमनले आज्ञा गरेका सबै काम सम्पन्न भएको थियो । परमप्रभुको मन्दिर बनाउने काम सकियो ।
9यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके ।
17राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।
6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”
3तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू खोले र तिनको मरम्मत गरे ।
18नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ ।
11तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
9सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।
5त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।
10जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए ।
1¶ यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।
8तिनी त्यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे ।
4“यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्ने समय हो?
17पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्म पुगेका थिए । अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए ।
10परमप्रभुले भन्नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर बनाएको छु ।
7अब परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
8माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्नुहुन्छ ।”
15यसरी बाउन्न दिनपछि एलूल महिनाको पच्चिसौँ दिनमा पर्खालको काम समाप्त भयो ।
2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
13यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए ।
2सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।
12अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्यक सबै खर्च गर्नलाई त्यो लिएर तिर्थे ।
5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'
7परमेश्वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्वरको मन्दिर बनाउनेछन् ।
4त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।
1¶ सोलोमनले परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्तमा यस्तो भयो,