१ राजा 7:20

अनलक शाब्दिक बाइबल

दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 3:16 : 16 तिनले स्‍तम्‍भका निम्‍ति सिक्रीहरू बनाए र ती स्‍तम्‍भका टुप्‍पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।
  • २ इति 4:13 : 13 दुई जालीहरूका निम्‍ति चार सय दारिम तिनले बनाएः स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।
  • यिर्मि 52:22-23 : 22 स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो । 23 स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए ।
  • १ राजा 7:42 : 42 तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),
  • २ राजा 25:17 : 17 पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 7:15-19
    5 पदहरू
    89%

    15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।

    16तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो ।

    17हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए ।

    18यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए ।

    19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए ।

  • १ राजा 7:41-43
    3 पदहरू
    89%

    41तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए ।

    42तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),

    43दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए ।

  • २ इति 4:12-13
    2 पदहरू
    88%

    12दुई वटा स्‍तम्‍भ, ती स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिर थिए । तिनले स्‍तम्‍भमाथि स्‍तम्‍भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।

    13दुई जालीहरूका निम्‍ति चार सय दारिम तिनले बनाएः स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।

  • 84%

    20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

    21स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो ।

    22स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो ।

    23स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए ।

  • २ राजा 25:16-17
    2 पदहरू
    81%

    16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।

    17पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो ।

  • २ इति 3:15-17
    3 पदहरू
    81%

    15सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्‍ति दुई वटा स्‍तम्‍भ बनाए, जसमा प्रत्‍येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्‍तम्‍भ-शिरहरू पाँच हात अल्‍गा थिए ।

    16तिनले स्‍तम्‍भका निम्‍ति सिक्रीहरू बनाए र ती स्‍तम्‍भका टुप्‍पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।

    17तिनले मन्‍दिरको अगाडि ती दुई वटा स्‍तम्‍भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्‍तम्‍भहरू खडा गरे । दाहिनेपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे ।

  • १ राजा 7:21-22
    2 पदहरू
    78%

    21तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो ।

    22स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो ।

  • 26त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए ।

  • 19यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।

  • 28बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।

  • 10तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।

  • 38तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।

  • 17खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।

  • निर्ग 39:24-26
    3 पदहरू
    70%

    24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।

    25तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।

    26तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • 20जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्‍दिरको बाहिरी भित्तामा खोपिएका थिए ।

  • 18त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्‍जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः

  • 37त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए ।

  • निर्ग 28:33-34
    2 पदहरू
    69%

    33तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।

    34तिनको वरिपरि बिच-बिचमा सुनका घण्टीहरू बनाउनू । अलखाको फेरोको चारैतिर सुनका घण्टीहरू र दारिमहरू होऊन् ।

  • निर्ग 37:20-22
    3 पदहरू
    68%

    20सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए ।

    21सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए ।

    22तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए ।

  • 36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।

  • 24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।

  • 31आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।

  • 34त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए ।

  • 16ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।

  • 10तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।

  • 6त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।

  • 17चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।

  • 31यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए ।

  • 25पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्‍तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो ।

  • 27बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।

  • 32यसरी तिनले जैतूनको काठका दुईवटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजुरका बोटहरूलाई सुनले ढाके ।