१ राजा 8:25

अनलक शाब्दिक बाइबल

अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 2:4 : 4 ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'
  • २ इति 6:16-17 : 16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’ 17 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
  • यिर्मि 33:17-26 : 17 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन, 18 न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'” 19 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 20 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने, 21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ । 22 जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।” 23 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 24 “के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस्? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्‍नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्‍नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्‍टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् । 25 म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए, 26 मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”
  • १ राजा 9:4-6 : 4 मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने, 5 म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।' 6 तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,
  • १ इति 28:9 : 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ ।
  • २ शमू 7:27-29 : 27 किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु । 28 अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ । 29 अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्‍नुभएको छ र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।
  • १ इति 17:23-27 : 23 यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् । 24 तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’ 25 किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु । 26 अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः 27 तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”
  • लू 1:68-72 : 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ । 70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 6:15-17
    3 पदहरू
    93%

    15तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।

    16अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’

    17अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।

  • 4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'

  • 26अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् ।

  • १ राजा 8:23-24
    2 पदहरू
    85%

    23तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ ।

    24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।

  • १ राजा 9:4-5
    2 पदहरू
    85%

    4मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,

    5म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'

  • २ इति 7:17-18
    2 पदहरू
    83%

    17तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने,

    18तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’

  • २ शमू 7:25-28
    4 पदहरू
    80%

    25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

    26तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।

    27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।

    28अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ ।

  • १ राजा 11:37-38
    2 पदहरू
    80%

    37म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।

    38मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।

  • भजन 132:10-12
    3 पदहरू
    80%

    10तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्‍त राजाबाट नतर्किनुहोस् ।

    11परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

    12तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”

  • १ इति 17:23-26
    4 पदहरू
    79%

    23यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

    24तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’

    25किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।

    26अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः

  • १ इति 28:7-8
    2 पदहरू
    78%

    7आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’

    8अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ ।

  • 17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,

  • 15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,

  • 20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • 19तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो ।

  • 21तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।

  • १ इति 17:7-8
    2 पदहरू
    76%

    7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

    8तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्‍वीमा भएका महान्‌ व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु ।

  • 6त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ ।

  • १ इति 22:10-11
    2 पदहरू
    76%

    10मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’

    11अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।

  • 11जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।

  • 9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।

  • 30कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”

  • 8मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ ।

  • 16तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”

  • 8अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।

  • 27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”

  • 20परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।

  • 7तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।

  • 12जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।

  • 4तरै पनि दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेमलाई बलियो बनाउन तिनी पछि तिनको छोरोलाई उठाएर यरूशलमेमा तिनलाई एउटा बत्ती दिनुभयो ।

  • 12“तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।

  • 14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”

  • 2अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।