१ राजा 9:11
टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।
टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।
13त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन्?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ ।
14हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
16मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए ।
17त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे ।
18तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,
19र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।
6त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।”
7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।
8हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु ।
9मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।”
10त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए ।
11सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।
12आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।
1¶ सोलोमनले परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्तमा यस्तो भयो,
2हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।
10सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।
13सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए ।
10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने
11हीरामका जहाजहरूले पनि ठुलो परिमाणमा चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे ।
12राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्गीहरू बनाए । चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन ।
13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।
1¶ टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे ।
2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,
27राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह तुल्याए ।
8मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,
9ताकि मेरो निम्ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्दिर महान् र आश्चर्यको हुनेछ।
10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो ।”
12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्वर धन्यका होउन्, जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल बनाउनुहुनेछ ।
9तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
10ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए ।
11चन्दनका काठबाट राजाले परमप्रभुको मन्दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन् ।
12शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
27राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए । तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए ।
6तिनले बालात आफूसँग भएका भण्डारणका सबै सहर र आफ्ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यमा सारा देशभरि आफूले जे इच्छा गरे त्यो तिनले बनाए ।
15राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्जीरहरूजस्तै प्रशस्त तुल्याए ।
3सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्यसै गर्नुहोस् ।
27हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए ।
28तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।
11त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।
4र गन्न सक्नेभन्दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्नै नसक्ने गरी प्रशस्त मात्रामा देवदारु दाऊदकहाँ ल्याइदिए) ।
1¶ तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्ति एउटा महल बनाए ।
16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्म लैजानुहुनेछ ।”
14यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
22हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे ।
9राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।
18अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्ना अधिकारीहरूका कमाण्डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्यहाँबाट सोह्र टन सुन ल्याए र त्यो सोलोमन राजालाई दिए ।
15यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे ।