१ राजा 9:3

अनलक शाब्दिक बाइबल

तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 11:12 : 12 यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो । परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्म सदैव यसमाथि हुन्छ ।
  • १ राजा 8:29 : 29 रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।
  • २ राजा 20:5 : 5 “फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।
  • भजन 10:17 : 17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्‍नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्‍नुहुन्छ ।
  • २ इति 6:40 : 40 अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
  • २ इति 7:15-16 : 15 यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ । 16 किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ ।
  • व्यव 12:5 : 5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।
  • व्यव 12:11 : 11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।
  • व्यव 12:21 : 21 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ ।
  • व्यव 16:11 : 11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
  • १ राजा 8:10-11 : 10 पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो । 11 बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
  • भजन 66:19 : 19 तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
  • भजन 116:1 : 1 ¶ म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ ।
  • भजन 132:13-14 : 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ । 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
  • श्रेष्ठ 4:9-9 : 9 हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्‍नले तिमीले मेरो हृदय चोरेकी छौ । 10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ ।
  • यिर्मि 15:1 : 1 ¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
  • दानी 9:23 : 23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
  • मत्त 6:9 : 9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
  • यूह 11:42 : 42 म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”
  • प्रेरि 10:31 : 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
  • १ यूह 5:14 : 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो ।
  • निर्ग 20:11 : 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
  • गिन 16:38 : 38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 7:15-16
    2 पदहरू
    86%

    15यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ ।

    16किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ ।

  • १ राजा 8:27-30
    4 पदहरू
    82%

    27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!

    28तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।

    29रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।

    30त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् ।

  • 13तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”

  • 12परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।

  • 2तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”

  • २ इति 6:18-21
    4 पदहरू
    81%

    18तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?

    19तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।

    20यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।

    21यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।

  • १ राजा 6:11-12
    2 पदहरू
    78%

    11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,

    12“तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।

  • २ शमू 7:25-27
    3 पदहरू
    77%

    25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

    26तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।

    27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।

  • 5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'

  • 7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।

  • १ इति 17:23-25
    3 पदहरू
    77%

    23यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

    24तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’

    25किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।

  • १ राजा 9:1-2
    2 पदहरू
    77%

    1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

    2गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।

  • 8तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,

  • १ इति 22:10-11
    2 पदहरू
    76%

    10मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’

    11अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।

  • 4हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न, त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न, उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न, उपस्‍थितिको रोटी राख्‍न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो ।

  • २ इति 6:33-34
    2 पदहरू
    76%

    33तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।

    34जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।

  • १ राजा 8:42-44
    3 पदहरू
    76%

    42किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने

    43तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।

    44तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने

  • 19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”

  • १ इति 28:6-7
    2 पदहरू
    75%

    6उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।

    7आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’

  • २ इति 6:7-8
    2 पदहरू
    75%

    7अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।

    8तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।

  • 1¶ सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।

  • 7आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु ।

  • 7तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु ।

  • 6त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ ।

  • 40अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।

  • १ राजा 8:17-18
    2 पदहरू
    73%

    17तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।

    18तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ ।

  • 12उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।

  • 10यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।”

  • 10परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।

  • 13त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।