१ पत्रुस 4:2

अनलक शाब्दिक बाइबल

यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एफिसी 4:22-24 : 22 तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ । 23 तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग । 24 परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
  • तीत 3:3-8 : 3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ । 4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो, 5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो । 6 परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो । 7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ । 8 यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
  • रोमी 6:11 : 11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।
  • रोमी 14:7 : 7 किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ ।
  • २ कोरि 5:15 : 15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।
  • एफिसी 2:3 : 3 हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।
  • मर 3:35 : 35 जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”
  • मर 7:21 : 21 किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
  • यूह 1:13 : 13 यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए ।
  • यूह 7:17 : 17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।
  • रोमी 6:2 : 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने?
  • भजन 143:10 : 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
  • हो 6:7 : 7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
  • मत्त 7:21 : 21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
  • मत्त 12:50 : 50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
  • मत्त 21:31 : 31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।
  • एफिसी 5:7-8 : 7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ । 8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
  • एफिसी 5:17 : 17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
  • एफिसी 6:6 : 6 आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर ।
  • कलस्सी 1:9 : 9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
  • कलस्सी 3:7-8 : 7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ । 8 तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
  • कलस्सी 4:12 : 12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
  • १ थेस 5:18 : 18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।
  • एफिसी 4:17 : 17 त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
  • गलाती 2:19-20 : 19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ । 20 म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
  • रोमी 7:4 : 4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।
  • रोमी 12:2 : 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।
  • इब्रा 13:21 : 21 उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
  • याक 1:18 : 18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
  • १ पत्रु 1:14 : 14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
  • १ पत्रु 2:1 : 1 ¶ त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
  • १ पत्रु 2:14-15 : 14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् । 15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
  • १ यूह 2:17 : 17 संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ पत्रु 4:3-4
    2 पदहरू
    83%

    3किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।

    4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।

  • 1¶ यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।

  • 14तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।

  • रोमी 6:10-13
    4 पदहरू
    78%

    10मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ ।

    11त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।

    12त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् ।

    13आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्‍वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।

  • १ थेस 4:3-5
    3 पदहरू
    77%

    3यो परमेश्‍वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।

    4ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।

    5(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।

  • एफिसी 4:22-23
    2 पदहरू
    77%

    22तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ ।

    23तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।

  • 24तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।

  • 11हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।

  • रोमी 8:12-13
    2 पदहरू
    75%

    12त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ ।

    13तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।

  • 12र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,

  • 17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।

  • गलाती 5:16-17
    2 पदहरू
    75%

    16म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।

    17किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।

  • 2यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने?

  • 5त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।

  • १ यूह 2:16-17
    2 पदहरू
    74%

    16किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।

    17संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।

  • 14आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।

  • २ कोरि 5:15-16
    2 पदहरू
    73%

    15अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।

    16त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।

  • 3हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।

  • 2यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।

  • 6हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्‍न नपरोस् ।

  • 19तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।

  • 4सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।

  • रोमी 8:4-5
    2 पदहरू
    72%

    4हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।

    5जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।

  • 19म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्‍टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ ।

  • 23यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

  • 24तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।

  • 7तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।

  • 17मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।

  • २ कोरि 4:10-11
    2 पदहरू
    71%

    10येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।

    11हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।

  • 24त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।

  • 19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।

  • 20यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ?

  • 3हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ ।

  • 3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।

  • 5किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।

  • 18ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।

  • 4किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ ।