१ शमूएल 2:33

अनलक शाब्दिक बाइबल

आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 2:26-27 : 26 तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।” 27 त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो ।
  • १ शमू 22:21-23 : 21 शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए । 22 दाऊदले अबीयाथारलाई भने, “एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्‍चय पनि शाऊललाई भन्‍नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु । 23 मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”
  • १ राजा 1:7 : 7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबियाथारसित सरसल्लाह लिए । तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे ।
  • १ राजा 1:19 : 19 तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् ।
  • मत्त 2:16-18 : 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए । 17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो, 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 2:29-32
    4 पदहरू
    84%

    29तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'

    30किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।

    31हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

    32मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

  • १ शमू 2:34-36
    3 पदहरू
    81%

    34तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।

    35म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।

    36तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

  • 14हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।

  • 24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।

  • २ शमू 12:10-11
    2 पदहरू
    73%

    10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

    11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।

  • व्यव 28:31-32
    2 पदहरू
    73%

    31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

    32तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।

  • १ शमू 3:12-14
    3 पदहरू
    73%

    12त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु ।

    13म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।

    14यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”

  • 16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

  • 20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?

  • व्यव 28:54-55
    2 पदहरू
    72%

    54तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।

    55तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।

  • 11जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।

  • 4किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।

  • १ राजा 21:21-22
    2 पदहरू
    72%

    21परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।

    22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • 4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'

  • लैव्य 26:29-30
    2 पदहरू
    71%

    29तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।

    30म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।

  • 14निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”

  • 10तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।

  • 16“ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।

  • 12तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस् ।

  • 4मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।”

  • 7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • 7मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।

  • 12यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् ।

  • 29अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'

  • 12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

  • 15परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्‍न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्‍वस्‍तता नहटाउनुहोला ।”

  • 41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।

  • 16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।

  • 12तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु ।

  • 34यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।

  • 8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।

  • 10त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।

  • 17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”

  • 17सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्‍यो, “ पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्‍नी र पीनहास पनि मरे, र परमेश्‍वरको सन्दुक कब्जा गरेर लगिएको छ ।

  • 25मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ ।