१ शमूएल 27:1

अनलक शाब्दिक बाइबल

¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 14:12 : 12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
  • गिन 14:3 : 3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
  • १ शमू 16:1 : 1 ¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
  • १ शमू 16:13 : 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
  • १ शमू 21:10-15 : 10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए । 11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'” 12 दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए । 13 उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए । 14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ? 15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”
  • १ शमू 22:5 : 5 तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्‍नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
  • १ शमू 23:17 : 17 उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”
  • १ शमू 25:30 : 30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।
  • १ शमू 27:10-11 : 10 आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर ।” 11 दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।
  • १ शमू 28:1-2 : 1 ¶ ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।” 2 दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
  • १ शमू 29:2-30:3 : 2 पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए । 3 तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?” 4 तर पलिश्‍तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्‍नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्‍छ र? 5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?” 6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् । 7 त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ । 8 दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन?” 9 आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्‍टिमा परमेश्‍वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्‍ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।' 10 त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्‍दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।” 11 त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए । 1 ¶ जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे र त्‍यसलाई आगोले लगाए, 2 र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए । 3 जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
  • भजन 116:11 : 11 आफ्‍नो अन्योलमा मैले भनें, “सबै मानि झुटा हुन् ।”
  • नीति 3:5-6 : 5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • नीति 13:12 : 12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
  • यशा 30:15-16 : 15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्‍नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ । 16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।
  • यशा 40:27-31 : 27 ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”? 28 के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन । 29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ । 30 जवान मानिसहरू पनि थकित र हैरान हुन्‍छन्, अनि जवानहरूले ठेस खान्‍छन् र ढल्‍छन्: 31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
  • यशा 51:12 : 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
  • विलाप 3:26-27 : 26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ । 27 आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ ।
  • मत्त 14:31 : 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?”
  • मर 4:40 : 40 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्‍वास छैन?”
  • २ कोरि 7:5 : 5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

  • 2दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।

  • १ शमू 24:9-10
    2 पदहरू
    79%

    9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

    10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

  • १ शमू 27:4-5
    2 पदहरू
    78%

    4दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्‍न छोडे ।

    5दाऊदले आकीशलाई भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्‍न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्‍नु?”

  • १ शमू 23:26-27
    2 पदहरू
    78%

    26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए,

    27एक जना दूत शाऊलकहाँ आयो र भन्‍यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्‍तीहरूले देश लुटेका छन् ।”

  • 10शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।

  • १ शमू 17:31-32
    2 पदहरू
    78%

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

  • 1¶ ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • १ शमू 23:12-15
    4 पदहरू
    77%

    12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

    13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।

    14दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन ।

    15शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए ।

  • 10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ ।

  • १ शमू 19:1-2
    2 पदहरू
    76%

    1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

    2त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।

  • १ शमू 18:11-12
    2 पदहरू
    76%

    11शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।

    12परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।

  • १ शमू 19:17-18
    2 पदहरू
    76%

    17शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”

    18अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।

  • १ शमू 27:11-12
    2 पदहरू
    76%

    11दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।

    12आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”

  • 3शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे ।

  • 22त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।

  • 3दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”

  • १ शमू 23:2-3
    2 पदहरू
    76%

    2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

    3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?

  • 14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”

  • 12दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।

  • 1¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”

  • १ शमू 29:7-8
    2 पदहरू
    75%

    7त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ ।

    8दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन?”

  • 25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।

  • 18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

  • 3तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?”

  • 30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

  • 1¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।

  • 1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।

  • १ शमू 24:3-4
    2 पदहरू
    74%

    3तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।

    4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

  • 11जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।

  • 19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”

  • 23मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”

  • 1¶ जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”

  • 15दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”