१ शमूएल 4:16

अनलक शाब्दिक बाइबल

त्यो मानिसले एलीलाई भन्यो, “युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।” एलीले भने, “हे मेरो छोरो, त्‍यो कस्तो भयो त?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 1:4 : 4 दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”
  • यहो 7:19 : 19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
  • १ शमू 3:6 : 6 परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 4:17-18
    2 पदहरू
    85%

    17सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्‍यो, “ पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्‍नी र पीनहास पनि मरे, र परमेश्‍वरको सन्दुक कब्जा गरेर लगिएको छ ।

    18जब उसले परमेश्‍वरको सन्दुकको बारेमा भन्‍यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए ।

  • १ शमू 4:10-15
    6 पदहरू
    81%

    10पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्‍यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे ।

    11परमेश्‍वरको सन्दुक लगियो र एलीका दुई छोरा होप्‍नी र पीनहास मरे ।

    12बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्‍थामा नै दौडे र त्‍यसै दिन शीलोमा आए।

    13त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्‍यो र त्‍यो खबर भन्‍यो, तब सारा सहरमा रुवाबासी भयो ।

    14जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, “यो हल्लाखल्लाको अर्थ के हो?” त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो ।

    15यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्‍न सक्दैनथे ।

  • २ शमू 1:3-4
    2 पदहरू
    77%

    3दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”

    4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

  • १ शमू 3:15-17
    3 पदहरू
    76%

    15शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।

    16त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”

    17तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।”

  • 13दाऊदले ती जवान मानिसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” तिनले जवाफ दिए, “म एक जना विदेशी अमालेकीको छोरा हुँ ।”

  • १ शमू 4:1-4
    4 पदहरू
    75%

    1¶ सम्‍पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले ।

    2इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।

    3जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्‍यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”

    4त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए ।

  • २ शमू 1:6-9
    4 पदहरू
    75%

    6ती जवान मानिसले जवाफ दिए, “म संयोगवश गिल्बो डाँडामा पुगें र त्यहाँ शाऊल आफ्नो भालामा उनिएका थिए अनि रथहरू र घडचढीहरूले उनलाई भेट्न लागेका थिए ।

    7शाऊलले वरिपरि हेरे र मलाई देखे र मलाई बोलाए । मैले जवाफ दिएँ, 'म यहाँ छु ।'

    8उनले मलाई भने, 'तँ को होस्?' मैले जवाफ दिएँ, 'म अमालेकी हुँ ।'

    9उनले मलाई भने, “मेरो छेउमा आएर मलाई मार्, किनकि म ठुलो पीडाले मलाई समातेको छ, तर ममा अझै जीवन छ ।'

  • 27यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?

  • १ शमू 3:4-5
    2 पदहरू
    73%

    4परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”

    5शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते ।

  • १ शमू 4:6-7
    2 पदहरू
    72%

    6जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्‍याइएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए ।

    7पलिश्तीहरू डराए । तिनीहरूले भने, “छाउनीमा एउटा देवता आएको छ ।” तिनीहरूले भने, “हामीलाई धिक्‍कार छ! पहिले यस्तो कुनै कुरा भएको छैन ।

  • १ शमू 4:21-22
    2 पदहरू
    72%

    21“इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्‍वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो ।

    22तिनले भनिन्, “महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्‍वरको सन्दुक कब्जा गरिएको छ ।”

  • 8ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।

  • 3यिनी आफ्‍नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन र आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे । त्‍यहाँ एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास परमप्रभुका पुजारीहरू थिए ।

  • 22जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • 11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

  • 1¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।

  • 19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

  • 24जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।

  • 1¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे ।

  • 11मानोह उठे र आफ्नी पत्‍नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”

  • 17तब एलीले जवाफ दिए र भने, “शान्तिसँग जाऊ । इस्राएलका परमेश्‍वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।”

  • १ शमू 17:55-56
    2 पदहरू
    71%

    55जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”

    56राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध ।”

  • 13दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्‍यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।

  • 12शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”

  • 25तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए ।

  • 52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • 4शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”

  • 26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

  • 58शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”