१ शमूएल 7:3

अनलक शाब्दिक बाइबल

शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 13:4 : 4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
  • लू 4:8 : 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
  • यशा 55:7 : 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • मत्त 4:10 : 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
  • व्यव 6:13 : 13 परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।
  • व्यव 10:20 : 20 परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।
  • यहो 24:23 : 23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”
  • उत्प 35:2 : 2 त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।
  • यहो 24:14 : 14 परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
  • व्यव 30:2-9 : 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ । 4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ । 6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ । 8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ । 9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ । 10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
  • १ शमू 31:10 : 10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।
  • १ राजा 8:48 : 48 भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,
  • १ इति 22:19 : 19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”
  • १ इति 28:9 : 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ ।
  • न्या 10:6 : 6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
  • २ इति 30:19 : 19 जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।”
  • यो 2:12-13 : 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
  • यहे 18:31 : 31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
  • हो 6:1-2 : 1 ¶ “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ । 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
  • अय्यू 11:13-14 : 13 तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए, 14 मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।
  • नीति 16:1 : 1 ¶ हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।
  • २ इति 19:3 : 3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”
  • न्या 2:13 : 13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।
  • न्या 10:16 : 16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।
  • हो 14:1 : 1 ¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
  • यिर्मि 4:3-4 : 3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर । 4 हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।
  • मत्त 15:8 : 8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
  • मत्त 6:24 : 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
  • यूह 4:24 : 24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 7:4-15
    12 पदहरू
    85%

    4त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।

    5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”

    6तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।

    7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।

    8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”

    9शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।

    10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।

    11इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।

    12त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्‍यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”

    13यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।

    14पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्‍ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बिच शान्ति थियो ।

    15शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।

  • 23“अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”

  • 20शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर ।

  • १ शमू 12:10-11
    2 पदहरू
    73%

    10तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’

    11त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

  • 6इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।

  • 16तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।

  • 13तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।

  • 3जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्‍यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।”

  • 1¶ यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,

  • 19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,

  • 3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।

  • 17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

  • 1¶ सम्‍पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले ।

  • 6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।

  • १ शमू 6:2-3
    2 पदहरू
    70%

    2त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।

    3पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”

  • 19परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।”

  • 7परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।

  • 13उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”

  • 2त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।

  • 14परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।

  • 31त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।

  • १ शमू 10:8-9
    2 पदहरू
    69%

    8मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् ।”

    9शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।

  • 7त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।

  • 8तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।

  • 3हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 6ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।

  • 5त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।

  • 24आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।

  • 7तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 27इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,

  • 3तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”

  • 19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”

  • 6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,

  • 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,