१ शमूएल 8:18

अनलक शाब्दिक बाइबल

त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:15 : 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
  • मीका 3:4 : 4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”
  • यशा 8:21 : 21 तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।
  • नीति 1:25-28 : 25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ । 26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु- 27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् । 28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।
  • नीति 21:13 : 13 गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
  • अय्यू 27:9 : 9 उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र?
  • भजन 18:41 : 41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
  • लू 13:25 : 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 8:19-22
    4 पदहरू
    84%

    19तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।

    20ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”

    21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।

    22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • १ शमू 8:5-11
    7 पदहरू
    81%

    5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”

    6तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।

    7परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।

    8तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।

    9अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”

    10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

    11तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।

  • १ शमू 12:12-15
    4 पदहरू
    80%

    12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।

    13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

    14तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्‍यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ ।

    15तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।

  • 19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”

  • 17उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।

  • हो 13:10-11
    2 पदहरू
    75%

    10तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?

    11मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।

  • 3किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 19तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।

  • 45तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ । तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन, न त उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो ।

  • 17के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ ।”

  • 4त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”

  • 14तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने

  • न्या 10:13-14
    2 पदहरू
    73%

    13तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन ।

    14जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।”

  • 26शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”

  • 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

  • 27त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।

  • १ शमू 28:17-18
    2 पदहरू
    72%

    17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

    18किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।

  • 28शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।

  • 7त्यो दिनमा ऊ चिच्याउनेछ र भन्‍नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।”

  • 24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

  • 14त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्‍नेछैन्‍नँ ।

  • २ इति 10:15-16
    2 पदहरू
    71%

    15यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो ।

    16जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के ।

  • 41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 16“ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।

  • 11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।

  • 28तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

  • 23गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”

  • 13उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 12तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।”

  • 36परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।

  • 16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।