१ थेस्सलोनिकीहरू 5:15
हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर ।
हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ ।
8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
10“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
11ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
13हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
14भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
11प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्वरको हो; जसले दुष्ट कर्म गर्छ त्यसले परमेश्वरलाई देखेको छैन ।
16सदैव आनन्द गर,
38तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
39तर म तिमीहरूलाई भन्दछु, जो दुष्ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
16यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
13जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
2जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
13तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ?
22सबै किसिमको खराबीलाई त्याग ।
15तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दुःख भोग्नु नपरोस् ।
43तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
44तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
15उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
14तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ ।
29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”
35तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।
15तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् ।
29तेरो नजिकै बस्ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
30तँलाई कसैले हानि नपुर्याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
28तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्छ भने उसलाई दौरा पनि दिइहाल ।
30तिमीसँग माग्ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।
31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
15त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
20तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्टता गर्ने छैन ।
6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
13तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्चित नगर,
14खराबीबाट फर्क र असल गर । शान्ति खोज र त्यसको पछि लाग ।
26हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
25किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
31सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ ।
9प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।
17परमेश्वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु असल हुन्छ ।
14असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, साँच्चै नै तिमीहरूसँग हुनुहुनेछ ।
11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।