२ इतिहास 1:7

अनलक शाब्दिक बाइबल

त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 3:5-9 : 5 रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।” 6 त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ । 7 अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन । 8 तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् । 9 त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?” 10 सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो । 11 त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् । 12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन । 13 तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् । 14 तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।” 15 त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।
  • नीति 3:5-6 : 5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • मत्त 7:7-8 : 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । 8 किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
  • मर 10:36-37 : 36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?” 37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”
  • मर 10:51 : 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”
  • यूह 16:23 : 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
  • १ यूह 5:14-15 : 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो । 15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 3:4-7
    4 पदहरू
    91%

    4राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।

    5रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।”

    6त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ ।

    7अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन ।

  • २ इति 1:8-13
    6 पदहरू
    84%

    8सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ ।

    9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।

    10अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”

    11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।

    12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

    13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

  • 12परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।

  • १ राजा 3:9-13
    5 पदहरू
    79%

    9त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?”

    10सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो ।

    11त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् ।

    12हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन ।

    13तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् ।

  • १ राजा 9:1-3
    3 पदहरू
    77%

    1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

    2गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।

    3तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।

  • 11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,

  • 15त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।

  • 6सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीमा गए र त्‍यसमा एक हजार होमबलि चढाए ।

  • १ राजा 1:46-47
    2 पदहरू
    74%

    46साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।

    47यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

  • २ इति 1:1-2
    2 पदहरू
    74%

    1¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।

    2सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।

  • 1¶ यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो ।

  • 19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”

  • 23परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे ।

  • १ राजा 1:16-17
    2 पदहरू
    73%

    16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”

    17उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।”

  • 20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • 25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।

  • 22सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए ।

  • १ इति 22:6-7
    2 पदहरू
    72%

    6तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।

    7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।

  • १ राजा 2:16-17
    2 पदहरू
    72%

    16अब म तपाईंलाई एउटा बिन्ती चढाउँछु र त्यसलाई इन्कार नगरिदिनुहोस् ।” बतशेबाले तिनलाई भनिन्, “भन ।”

    17तिनले भने, “मैले शुनम्मी अबीशगलाई पत्नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस् ।”

  • 12त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु ।

  • 24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।

  • 20त्यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा छ, किनकि तिमीले इन्कार गर्ने छैनौ ।” राजाले उनलाई भने, “भन्नुहोस् मेरी आमा । म त्यसलाई इन्कार गर्ने छैनँ ।”

  • 4तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,

  • 1¶ तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,

  • 37जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।”

  • 1¶ राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।

  • 53त्यसैले राजा सोलोमनले मानिसहरू पठाए जसले अदोनियाहलाई वेदीबाट लिएर आए । तिनी आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “तिम्रो घरमा जाऊ ।”

  • 54जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए ।

  • 7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।

  • 13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।

  • 27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”