२ इतिहास 30:20

अनलक शाब्दिक बाइबल

यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 15:26 : 26 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।”
  • भजन 103:3 : 3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
  • याक 5:15-16 : 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ । 16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 37:14-15
    2 पदहरू
    78%

    14हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे । अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए ।

    15हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,

  • २ राजा 20:1-5
    5 पदहरू
    78%

    1¶ ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्' ।”

    2तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,

    3“हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।

    4यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

    5“फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।

  • २ राजा 20:7-8
    2 पदहरू
    77%

    7त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्‍यो लगाइदिए र तिनी निको भए ।

    8हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ?”

  • 9यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,

  • २ इति 32:22-26
    5 पदहरू
    76%

    22यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।

    23धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्‍टिमा तिनी उच्‍च पारिए ।

    24ती दिनमा हिजकिया मरणासन्‍न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्‍नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।

    25तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।

    26तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।

  • 36परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।

  • २ इति 30:18-19
    2 पदहरू
    75%

    18एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस्

    19जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।”

  • 2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • २ इति 29:30-31
    2 पदहरू
    75%

    30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।

    31तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।

  • 20हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे ।

  • 20तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।

  • 20तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए ।

  • २ इति 30:21-22
    2 पदहरू
    74%

    21यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।

    22परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्‍साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।

  • यशा 38:2-4
    3 पदहरू
    74%

    2तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।

    3तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।

    4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • यशा 38:21-22
    2 पदहरू
    74%

    21यति बेला यशैयाले भनेका थिए, “अञ्‍जिरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”

    22हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ?”

  • 20यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।

  • 8जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।

  • 14हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।

  • २ राजा 19:14-16
    3 पदहरू
    73%

    14हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।

    15तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।

    16हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 20उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

  • 26उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।”

  • 21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

  • 1¶ जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।

  • 1¶ त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।

  • 1¶ हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्‌ ।

  • 1¶ हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए ।

  • 19तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र?”

  • 3उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।

  • 12त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।

  • 22परमप्रभुले मिश्रदेशलाई कष्‍ट दिंदै र निको पार्दै कष्‍ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।