२ इतिहास 30:7

अनलक शाब्दिक बाइबल

तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 29:8 : 8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।
  • यहे 20:13-18 : 13 तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु । 14 तर जुन जातिहरूका दृष्‍टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएँ, तिनीहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले काम गरें । 15 यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो । 16 मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए । 17 तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्‍थान तिनीहरूको अस्‍तित्‍व मेटाइन । 18 उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।
  • जक 1:3-4 : 3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्‌ ।

  • जक 1:4-5
    2 पदहरू
    80%

    4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

    5तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?

  • 8तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।

  • 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

  • 76%

    11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

    12तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।

  • गिन 32:14-15
    2 पदहरू
    76%

    14हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ ।

    15यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्‍ट पार्ने छौ ।

  • 7हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।

  • 6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।

  • 15तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।

  • 75%

    9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?

    10आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'

  • २ राजा 17:14-15
    2 पदहरू
    75%

    14तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।

    15तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।

  • 26तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’

  • 19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,

  • 10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

  • 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।

  • 6ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।

  • 22अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

  • 16तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।

  • 17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”

  • 2“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!

  • 17तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।

  • २ इति 28:10-11
    2 पदहरू
    73%

    10अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्छौ । तर त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?

    11यसैले अब मेरा कुरा सुनः आफ्‍ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”

  • 6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,

  • 40तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे ।

  • 18उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।

  • 9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।

  • 30होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 19जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”

  • 12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”

  • 30यसकारण इस्राएलको घरानालाई यसो भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्‍ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्‍दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ?

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।

  • 6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,

  • 4किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।

  • यिर्मि 25:5-6
    2 पदहरू
    72%

    5यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।

    6त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।”

  • 7त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।

  • 25तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।

  • 35तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।

  • 39तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।

  • 35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

  • 16ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ ।

  • 2यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ?

  • 4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू ।