२ इतिहास 32:14

अनलक शाब्दिक बाइबल

मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्‍यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 14:3 : 3 फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
  • निर्ग 15:9-9 : 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।' 10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे । 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
  • यशा 10:11-12 : 11 सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?” 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
  • यशा 42:8 : 8 म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 32:8-13
    6 पदहरू
    93%

    8तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्‍वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।

    9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

    10“अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?

    11जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?

    12आफ्‍ना अल्गा ठाउँहरू र आफ्‍ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्‍यसमा तिमीहरूले आफ्‍ना बलिदान चढाउनुपर्छ,’ भन्‍ने हिजकिया यिनै होइनन् र?

    13म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना देशहरूलाई बचाउन सकेका थिए र?

  • २ इति 32:15-17
    3 पदहरू
    90%

    15अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”

    16सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।

    17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

  • २ राजा 18:33-35
    3 पदहरू
    86%

    33के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र?

    34हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन्?

    35देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”

  • यशा 36:18-20
    3 पदहरू
    84%

    18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

    19हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?

    20यी देशहरूका सबै देवताहरूमध्‍ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”

  • २ राजा 19:10-13
    4 पदहरू
    81%

    10“यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।

    11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?

    12मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन्?

    13हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”

  • यशा 37:10-13
    4 पदहरू
    79%

    10“यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।

    11हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?

    12के मेरा पुर्खाहरूले नष्‍ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए?

    13हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन्?”

  • यशा 37:18-21
    4 पदहरू
    77%

    18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।

    19तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।

    20त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्‍वर हामीलाई त्‍यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।”

    21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

  • २ राजा 19:17-19
    3 पदहरू
    76%

    17हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।

    18तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे ।

    19अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।”

  • २ राजा 18:29-30
    2 पदहरू
    74%

    29राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।

    30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'

  • २ इति 32:21-22
    2 पदहरू
    73%

    21तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।

    22यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।

  • 10अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”

  • 13किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु ।

  • २ राजा 18:24-25
    2 पदहरू
    72%

    24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।

    25के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”

  • 7तर, “परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”?

  • यशा 36:14-15
    2 पदहरू
    72%

    14महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।

    15तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।

  • 22तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?

  • 28तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् ।

  • 6तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।

  • 39अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।

  • 27म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।

  • 24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

  • 37तब उहाँले भन्‍नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन्? तिनीहरूले शरण लिने चट्टान कहाँ छ?

  • 13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”

  • 32त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।