२ इतिहास 4:18

अनलक शाब्दिक बाइबल

यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्‍यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्‍ने थाहै भएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 7:47 : 47 सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।
  • १ इति 22:3 : 3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,
  • १ इति 22:14 : 14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ ।
  • यिर्मि 52:20 : 20 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 7:45-48
    4 पदहरू
    87%

    45भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए ।

    46राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए ।

    47सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।

    48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,

  • २ राजा 25:13-16
    4 पदहरू
    84%

    13परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे ।

    14भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे ।

    15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।

    16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।

  • 81%

    18भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे ।

    19राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।

    20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

  • २ इति 4:14-17
    4 पदहरू
    78%

    14तिनले गुड्‍ने आधारहरू र तिनमा राख्‍नलाई बाटाहरू पनि बनाए ।

    15एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,

    16साथै भाँडाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू पनि बनाए, र हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए ।

    17राजाले ती यर्दनको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।

  • 19सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्‍थितिको रोटी राखिने टेबलहरू बनाए ।

  • 3तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्‍ने काँटाहरू आगो राख्‍ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।

  • 8तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए ।

  • 21सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो ।

  • 20सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।

  • निर्ग 38:29-30
    2 पदहरू
    75%

    29डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।

    30तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,

  • १ इति 28:14-17
    4 पदहरू
    75%

    14हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,

    15सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।

    16उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए ।

    17तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए ।

  • 39सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।

  • 24तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए ।

  • 9यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।

  • 27हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो ।

  • 3तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,

  • 11हुरामले भाँडा, बेल्‍चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याएः

  • एज्रा 8:26-27
    2 पदहरू
    73%

    26मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,

    27आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।

  • 16तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।

  • 15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।

  • 15सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।

  • 20पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।

  • निर्ग 38:5-6
    2 पदहरू
    72%

    5तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।

    6बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।

  • 16सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो ।

  • 19पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् ।

  • 39काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।

  • 50सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।

  • 8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।

  • 40हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए ।

  • 3वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।

  • 38हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।

  • 22सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।

  • 10सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा ।