२ कोरिन्थीहरू 7:9

अनलक शाब्दिक बाइबल

तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 20:21 : 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
  • २ कोरि 13:8-9 : 8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ । 9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं । 10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
  • २ कोरि 1:12 : 12 हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।
  • २ कोरि 2:16 : 16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
  • २ कोरि 7:6-7 : 6 तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो । 7 तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।
  • २ कोरि 7:10-11 : 10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । 11 हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
  • २ कोरि 10:8-9 : 8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन । 9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ । 10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।”
  • भजन 38:18 : 18 म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
  • उप 7:3 : 3 हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ ।
  • यशा 6:9-9 : 9 उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।' 10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ । अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान् ।” 11 तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल,
  • यिर्मि 31:18-20 : 18 “निश्‍चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ । 19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।' 20 के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्‍चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्‍चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
  • जक 12:10 : 10 तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् ।
  • लू 15:7 : 7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
  • लू 15:10 : 10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
  • लू 15:17-24 : 17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु! 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’ 20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए । 21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’ 22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’ 23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ । 24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’
  • लू 15:32 : 32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ कोरि 7:7-8
    2 पदहरू
    88%

    7तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।

    8मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।

  • २ कोरि 7:10-13
    4 पदहरू
    85%

    10किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।

    11हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।

    12मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।

    13यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।

  • २ कोरि 2:1-7
    7 पदहरू
    80%

    1¶ तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।

    2यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?

    3मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।

    4किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।

    5यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।

    6त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।

    7त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।

  • 2कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ ।

  • 6अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।

  • १ थेस 1:6-7
    2 पदहरू
    72%

    6तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।

    7त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।

  • 9दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।

  • २ कोरि 7:2-4
    3 पदहरू
    72%

    2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।

    3मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।

    4तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।

  • 13म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।

  • 7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।

  • २ कोरि 1:6-8
    3 पदहरू
    72%

    6तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।

    7तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ ।

    8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।

  • 7किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।

  • 3हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ ।

  • फिलि 2:27-28
    2 पदहरू
    71%

    27किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।

    28यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।

  • 18त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।

  • 9तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔँ?

  • 4परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।

  • 16म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

  • 70%

    22त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।

    23किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”

  • 9तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।

  • 7हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ ।

  • 12हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।

  • 7के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।

  • 13तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ ।

  • 11यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।

  • 20म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।

  • 15आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।

  • 5यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।

  • 13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

  • 8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।

  • 10म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।

  • 22त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

  • 10हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।