२ राजा 17:19

अनलक शाब्दिक बाइबल

यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 16:3 : 3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए ।
  • १ राजा 14:22-23 : 22 यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए । 23 किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू, ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।
  • २ इति 21:11 : 11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
  • २ इति 21:13 : 13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —
  • यिर्मि 3:8-9 : 8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी । 9 त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी । 10 यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।” 11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
  • यहे 16:51-52 : 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ ।
  • यहे 22:2-9 : 2 “अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे । 3 तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो । 4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु । 5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् । 6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन् । 7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ । 8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ । 9 रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌ । तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌ । 10 तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् । 11 आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् । 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 13 हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु । 14 मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु । 15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु । 16 यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”
  • यहे 23:4-9 : 4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो । 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई, 6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई । 10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए । 11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी । 12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए ।
  • यिर्मि 2:28 : 28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् ।
  • २ राजा 8:18 : 18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।
  • २ राजा 8:27 : 27 अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 17:7-9
    3 पदहरू
    82%

    7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,

    8र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए ।

    9इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए ।

  • 18त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।

  • २ राजा 17:20-22
    3 पदहरू
    78%

    20यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।

    21उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।

    22इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,

  • 17तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।

  • २ राजा 17:15-16
    2 पदहरू
    76%

    15तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।

    16तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे ।

  • 34आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्—

  • 4बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।

  • 16मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।

  • 22यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।

  • २ राजा 17:11-13
    3 पदहरू
    75%

    11तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,

    12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”

    13तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”

  • यहे 20:24-25
    2 पदहरू
    74%

    24तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।

    25तब मैले तिनीहरूलाई यस्‍ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन् ।

  • 18तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।

  • 11यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।

  • 10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

  • 74%

    13परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।

    14तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।

  • 9परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।

  • 10तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

  • 4परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।

  • 19किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो । किनकि यहूदामा तिनले दुष्‍टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 33किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।

  • यहे 5:6-7
    2 पदहरू
    73%

    6तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।”

    7यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आफ्‍ना चारैतिरका जातिहरूभन्‍दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ,”

  • 4तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।

  • 5किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।

  • 9तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।

  • 72%

    10यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”

    11तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।

  • 20परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले,

  • 31तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।

  • 18उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।

  • 12इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 7मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।

  • 12तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे ।

  • 13तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु ।

  • 11यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।

  • 40तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे ।

  • 3मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,

  • 6तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो ।

  • 8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”