२ राजा 18:28

अनलक शाब्दिक बाइबल

तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 18:19 : 19 त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?
  • २ इति 32:18 : 18 तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
  • एज्रा 7:12 : 12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
  • भजन 47:2 : 2 किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
  • यशा 10:8-9 : 8 किनकि उहाँले भन्‍नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्? 9 के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्‍कसजस्तै होइन र? 10 जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए, 11 सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?” 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु । 13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु ।
  • यशा 36:13-18 : 13 तब प्रमुख कमाण्‍डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन । 14 महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन । 15 तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' । 16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्‍ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ । 17 तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।' 18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
  • यहे 29:3 : 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”
  • यहे 31:3-9 : 3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए । 4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए । 5 मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए । 6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे । 7 त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए । 8 परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन । 9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे । 10 यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
  • प्रका 19:6 : 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 36:11-14
    4 पदहरू
    96%

    11तब हिल्कियाहका छोरा एल्याकीम, शेब्‍ना र योआले प्रमुख कमाण्‍डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्‍छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्‍ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”

    12तर प्रमुख कमाण्‍डरले भने, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्‍ने मानिसहरूलाई पनि यो कुरा भन्‍न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्‍नो दिसा खानुपर्छ र आफ्‍नो पिसाब पिउनुपर्छ?”

    13तब प्रमुख कमाण्‍डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।

    14महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।

  • २ राजा 18:26-27
    2 पदहरू
    85%

    26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”

    27तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ?”

  • २ राजा 18:17-20
    4 पदहरू
    84%

    17तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए ।

    18जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।

    19त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?

    20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो?

  • यशा 36:4-5
    2 पदहरू
    81%

    4प्रमुख कमाण्‍डरले तिनीहरूलाई भने, “हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?

    5युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?

  • यशा 36:1-2
    2 पदहरू
    79%

    1¶ हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।

    2तब अश्शूरका राजाले प्रमुख कमाण्‍डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्‍लो तलाउको नहर छेउमा खडा भए ।

  • 37तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।

  • २ इति 32:9-11
    3 पदहरू
    79%

    9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

    10“अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?

    11जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?

  • २ इति 32:17-18
    2 पदहरू
    78%

    17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

    18तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।

  • 22तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए ।

  • २ राजा 19:4-11
    8 पदहरू
    78%

    4सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।”

    5त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,

    6र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।

    7हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।”

    8तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए ।

    9त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,

    10“यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।

    11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?

  • २ राजा 18:29-31
    3 पदहरू
    77%

    29राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।

    30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'

    31हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ ।

  • यशा 37:8-11
    4 पदहरू
    77%

    8तब प्रमुख कमाण्‍डर फर्के र अश्शूरका राजाले लिब्‍नासँग युद्ध गरिरहेको भेट्टाए, किनकि राजा लाकीशबाट गएका छन् भन्‍ने तिनले सुनेका थिए ।

    9तब कूशका राजा तिर्हाकाह र मिश्रदेशले सनहेरीबको विरुद्ध युद्ध सुरु गरे भन्‍ने तिनले सुने, त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः

    10“यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।

    11हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?

  • यशा 37:3-6
    4 पदहरू
    77%

    3तिनीहरूले उनलाई भने, “हिजकियाले भन्‍नुहुन्‍छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्‍की र अपमानको दिन हो ।

    4सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’”

    5त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,

    6र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।

  • 16हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।

  • यशा 37:17-18
    2 पदहरू
    75%

    17हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्‍नुहोस्, जुन तिनले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएका छन् ।

    18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।

  • 13तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • 18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 16हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्‍ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।

  • 21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

  • 1¶ यी सबै कुराहरू र यी विश्‍वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्‍जा गर्न इच्‍छा गरे ।