२ राजा 19:2

अनलक शाब्दिक बाइबल

तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:1 : 1 ¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
  • यशा 2:1 : 1 ¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
  • यशा 37:2-5 : 2 राजदरवारका निरीक्षक एल्याकीम, र शास्‍त्री शेब्‍ना र पुजारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए । 3 तिनीहरूले उनलाई भने, “हिजकियाले भन्‍नुहुन्‍छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्‍की र अपमानको दिन हो । 4 सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’” 5 त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,
  • मत्त 4:14 : 14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,
  • लू 3:4 : 4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
  • २ राजा 18:18 : 18 जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।
  • २ राजा 22:13-14 : 13 “जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।” 14 त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।
  • २ इति 26:22 : 22 उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 37:1-3
    3 पदहरू
    97%

    1¶ हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए ।

    2राजदरवारका निरीक्षक एल्याकीम, र शास्‍त्री शेब्‍ना र पुजारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए ।

    3तिनीहरूले उनलाई भने, “हिजकियाले भन्‍नुहुन्‍छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्‍की र अपमानको दिन हो ।

  • 1¶ जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।

  • 22तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए ।

  • 37तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।

  • २ राजा 18:17-18
    2 पदहरू
    79%

    17तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए ।

    18जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।

  • २ राजा 19:5-6
    2 पदहरू
    78%

    5त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,

    6र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।

  • यशा 36:2-3
    2 पदहरू
    76%

    2तब अश्शूरका राजाले प्रमुख कमाण्‍डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्‍लो तलाउको नहर छेउमा खडा भए ।

    3तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्‍ना र सरकारको निर्णय लेख्‍ने आसापका छोरा योआ थिए ।

  • यशा 37:5-6
    2 पदहरू
    76%

    5त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,

    6र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।

  • 3तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।

  • 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,

  • 21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

  • २ राजा 19:13-14
    2 पदहरू
    74%

    13हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”

    14हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 14तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”

  • यशा 39:2-3
    2 पदहरू
    73%

    2यी कुराहरूमा हिजकिया प्रशन्‍न भएका थिए । ती दूतहरूलाई आफ्‍ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्‍डार, आफ्‍ना हतियारहरूका भण्डार र आफ्‍ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।

    3त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।”

  • 1¶ ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्' ।”

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • 4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

  • यशा 20:2-3
    2 पदहरू
    73%

    2त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्‍नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्‍यसो गरे ।

    3परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो—

  • यशा 37:14-15
    2 पदहरू
    73%

    14हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे । अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए ।

    15हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,

  • 4यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

  • 20यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।

  • 20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,

  • 1¶ ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्‍नेछैनस्' ।”

  • 20तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।

  • 20त्‍यो दिन यस्‍तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।

  • 8त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।”

  • 9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

  • २ राजा 18:14-15
    2 पदहरू
    71%

    14त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्‍याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्‍नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे ।

    15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।

  • 12राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,

  • 9त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,

  • 20तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए ।

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 22हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ?”

  • 26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”

  • 12त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।

  • 16त्‍यस बेला राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।

  • 16हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।

  • 1¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।