२ राजा 6:5

अनलक शाब्दिक बाइबल

तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्‍च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्‍याएको थियो!”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 18:10 : 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
  • प्रका 18:16 : 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।
  • प्रका 18:19 : 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”
  • निर्ग 22:14-15 : 14 कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ । 15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
  • २ राजा 3:10 : 10 त्यसैले इस्राएलका राजाले भने, “यो के हो? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो?”
  • २ राजा 4:7 : 7 तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”
  • २ राजा 6:15 : 15 जब परमेश्‍वरका मानिसको नोकर सबेरै उठ्‍यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो! मेरा मालिक, हामी के गरौँ?”
  • भजन 37:21 : 21 दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।
  • उप 10:10 : 10 बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
  • यशा 10:34 : 34 उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्‍नो गौरव पतन हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 6:6-7
    2 पदहरू
    84%

    6त्यसैले परमेश्‍वरका मानिसले भने, “त्‍यो कहाँ खस्यो?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।

    7एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो र बञ्चरो समात्यो ।

  • २ राजा 6:2-4
    3 पदहरू
    81%

    2कृपा गरी हामी यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्‍न सक्‍छौं ।” एलीशाले भने, “ यस काममा तिमीहरू अगि बढ ।”

    3तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”

    4त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रुखहरू काट्न सुरु गरे ।

  • 15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।

  • 5उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।

  • भजन 74:5-6
    2 पदहरू
    68%

    5बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।

    6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।

  • उप 10:9-10
    2 पदहरू
    68%

    9ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।

    10बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।

  • 3तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग ।

  • 13युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।

  • १ शमू 13:20-21
    2 पदहरू
    66%

    20तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे ।

    21फाली र कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।

  • 1¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”

  • 12सुनारले आफ्‍ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्‍यो बनाउँछ । उसले त्‍यसलाई घनले आकार दिन्छ र आफ्‍नो बलियो पाखुराले त्‍यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।

  • 4हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।

  • यहे 15:3-4
    2 पदहरू
    65%

    3के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र?

    4हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र?

  • 39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'

  • २ राजा 2:13-14
    2 पदहरू
    65%

    13तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए ।

    14एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।

  • 6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”

  • १ राजा 13:5-6
    2 पदहरू
    65%

    5(वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।)

    6त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।

  • 6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

  • 16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्‍म लैजानुहुनेछ ।”

  • 11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

  • 6जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते ।

  • लू 5:6-7
    2 पदहरू
    64%

    6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।

    7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।

  • 21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

  • 23अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्‍ये केही सधैँको निम्ति मेरा परमेश्‍वरको भवनमा दाउरा काट्ने र पानी तान्‍ने दासहरू हुने छौ ।”

  • 31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

  • 7तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।”

  • २ राजा 4:18-19
    2 पदहरू
    64%

    18बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए ।

    19त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।”

  • २ राजा 6:26-27
    2 पदहरू
    64%

    26जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”

    27तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”

  • 1¶ तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।

  • 7ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।

  • 9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”

  • 16तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

  • 6त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।”

  • 12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?