२ राजा 8:18

अनलक शाब्दिक बाइबल

आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 8:26 : 26 अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।
  • २ राजा 9:7-8 : 7 तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु । 8 किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।
  • २ राजा 21:3 : 3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।
  • २ राजा 21:13 : 13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।
  • २ इति 18:1 : 1 ¶ यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे ।
  • २ इति 19:2 : 2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
  • २ इति 21:6 : 6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।
  • २ इति 21:13 : 13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —
  • २ इति 22:1-4 : 1 ¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए । 2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ । 3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् । 4 आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए ।
  • नहे 13:25-26 : 25 मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू । 26 के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने?”
  • मीका 6:16 : 16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”
  • उत्प 6:1-5 : 1 ¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे, 2 परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए । 3 परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।” 4 ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए । 5 पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।
  • व्यव 7:3-4 : 3 तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू । 4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।
  • १ राजा 11:1-5 : 1 ¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे । 2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए । 3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए । 4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन । 5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।
  • १ राजा 21:25 : 25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
  • १ राजा 22:52-53 : 52 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे । 53 तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
  • २ राजा 3:2-3 : 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए । 3 तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 8:25-28
    4 पदहरू
    88%

    25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

    26अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।

    27अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।

    28रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

  • 6आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।

  • १ राजा 22:51-53
    3 पदहरू
    81%

    51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

    52तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे ।

    53तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।

  • १ राजा 16:29-32
    4 पदहरू
    80%

    29यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।

    30ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।

    31आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे ।

    32तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए ।

  • २ इति 28:1-2
    2 पदहरू
    78%

    1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

    2बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्‍ति ढलौटे मूर्तिहरू बनाए ।

  • २ इति 22:3-5
    3 पदहरू
    77%

    3तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् ।

    4आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए ।

    5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

  • 28परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।

  • 11परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।

  • 9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • २ इति 21:12-13
    2 पदहरू
    76%

    12एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,

    13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —

  • 34तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनी यारोबामको मार्ग र तिनले इस्राएललाई गर्न लगाएको पापमा हिँडे ।

  • 3बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।

  • 26तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे । तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए । इस्साखारको घरानाका

  • 18परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • 3अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।

  • २ राजा 3:1-3
    3 पदहरू
    74%

    1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

    2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।

    3तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।

  • 17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • 26किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।

  • १ राजा 21:25-26
    2 पदहरू
    73%

    25आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।

    26आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे ।

  • २ राजा 21:2-3
    2 पदहरू
    73%

    2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।

    3किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।

  • 2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • २ राजा 21:20-22
    3 पदहरू
    72%

    20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।

    21आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।

    22आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् ।

  • 32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

  • 32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 35त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।

  • 3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे ।

  • 2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।

  • 2परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।