२ राजा 8:4

अनलक शाब्दिक बाइबल

राजाले परमेश्‍वरका मानिसको सेवक गेहजीलाई यसो भन्दै थिए, “एलीशाले गरेका सबै महान् काम मलाई भन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 5:20-27 : 20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।” 21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?” 22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।” 23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे । 24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए । 25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।” 26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र? 27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
  • २ राजा 6:6 : 6 त्यसैले परमेश्‍वरका मानिसले भने, “त्‍यो कहाँ खस्यो?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।
  • २ राजा 6:9-9 : 9 त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।” 10 इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए । 11 यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ?” 12 त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”
  • २ राजा 6:17-20 : 17 एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्‍न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्‍नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्‍निमय घोडाहरू र रथहरूले भरिएको थियो! 18 जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो । 19 तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे । 20 जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्‍नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्‍नुहोस्, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बिचमा पो रहेछन् ।
  • २ राजा 6:32 : 32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?”
  • २ राजा 7:1 : 1 ¶ एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
  • २ राजा 7:3 : 3 मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?
  • २ राजा 7:10 : 10 त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”
  • २ राजा 7:16-20 : 16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो । 17 जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो । 18 त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।” 19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।” 20 तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।
  • मत्त 2:8 : 8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
  • लू 9:9 : 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।
  • लू 23:8 : 8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
  • यूह 9:27 : 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?
  • प्रेरि 24:24 : 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने ।
  • २ राजा 2:14 : 14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।
  • २ राजा 2:20-22 : 20 एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए । 21 एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।” 22 त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ ।
  • २ राजा 2:24 : 24 एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए ।
  • २ राजा 3:14-16 : 14 एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्‍यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ । 15 तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्‍यो । 16 तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
  • २ राजा 4:3-6 : 3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग । 4 त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।” 5 त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् । 6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो ।
  • २ राजा 4:12 : 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।
  • २ राजा 4:16-17 : 16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।” 17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
  • २ राजा 5:14 : 14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 8:5-10
    6 पदहरू
    83%

    5तब कसरी एलीशाले मेरको बच्‍चालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्‍युबाट फेरि जिवित भएको बच्‍चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, “हे मेरा मालिक राजा, ती स्‍त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्‍युबाट फेरि जिवित पारेका थिए ।”

    6जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।”

    7एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।”

    8राजाले हजाएललाई भने, “आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्‍वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्‍लाह खोज, 'के म यस रोगबाट निको हुन्छु?' ”

    9त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु'?”

    10एलीशाले तिनलाई भने, “जानुहोस्, र बेन-हददलाई भन्‍नुहोस्, 'निश्‍चय नै तपाईं निको हुनुहुनेछ,' तर तिनी निश्‍चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”

  • २ राजा 8:13-14
    2 पदहरू
    75%

    13हजाएलले भने, “तपाईंको दास को हो जसले यति ठुलो काम गरोस्? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, “तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”

    14तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने?” तिनले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।”

  • २ राजा 4:12-15
    4 पदहरू
    75%

    12एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।

    13एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्छ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं'?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्‍दैछु ।”

    14त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।”

    15त्यसैले एलीशाले भने, “तिनलाई बोला ।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् ।

  • २ राजा 8:1-3
    3 पदहरू
    75%

    1¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”

    2त्यसैले ती स्‍त्री उठिन् र परमेश्‍वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन् ।

    3सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् ।

  • २ राजा 5:6-9
    4 पदहरू
    74%

    6तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।”

    7जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”

    8त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।”

    9त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।

  • २ राजा 5:24-26
    3 पदहरू
    74%

    24जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।

    25जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।”

    26एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र?

  • 4त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने ।

  • २ राजा 5:19-21
    3 पदहरू
    74%

    19एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।

    20तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।”

    21त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?”

  • २ राजा 6:11-13
    3 पदहरू
    73%

    11यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ?”

    12त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”

    13राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”

  • 36त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।”

  • २ राजा 4:27-29
    3 पदहरू
    71%

    27जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्‍वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन ।”

    28तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?”

    29तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।”

  • २ राजा 4:1-2
    2 पदहरू
    71%

    1¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”

    2त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।”

  • 11तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।”

  • 31गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।”

  • 7अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो?”

  • २ राजा 6:31-32
    2 पदहरू
    71%

    31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

    32तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?”

  • 25त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन् ।

  • 18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

  • 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'

  • 12अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”

  • २ राजा 4:7-8
    2 पदहरू
    70%

    7तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”

    8एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।

  • १ राजा 13:6-7
    2 पदहरू
    69%

    6त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।

    7राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।”

  • 13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

  • 9तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्' ।”