२ राजा 9:7

अनलक शाब्दिक बाइबल

तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 18:4 : 4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
  • १ राजा 21:15 : 15 जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”
  • व्यव 32:43 : 43 हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ ।
  • व्यव 32:35 : 35 बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।
  • १ राजा 21:21 : 21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।
  • १ राजा 21:25 : 25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
  • २ राजा 9:32-37 : 32 येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ? को छ?” तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे । 33 येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए । 34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।” 35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् । 36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्, 37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”
  • भजन 94:1-7 : 1 ¶ हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् । 2 हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् । 3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्? 4 तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् । 5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् । 6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् । 7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”
  • मत्त 23:35 : 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
  • लू 18:7-8 : 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”
  • रोमी 12:19 : 19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ ।
  • रोमी 13:4 : 4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
  • इब्रा 10:30 : 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”
  • प्रका 6:9-9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
  • प्रका 18:20 : 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।”
  • प्रका 19:2 : 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 9:8-10
    3 पदहरू
    82%

    8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।

    9म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।

    10ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।

  • १ राजा 21:17-24
    8 पदहरू
    78%

    17तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,

    18“उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।

    19तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”

    20आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस्?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।

    21परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।

    22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

    23परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'

    24आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

  • २ राजा 9:25-27
    3 पदहरू
    78%

    25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः

    26'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”

    27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

  • २ राजा 9:5-6
    2 पदहरू
    78%

    5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”

    6त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।

  • २ राजा 9:36-37
    2 पदहरू
    77%

    36त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,

    37र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”

  • १ राजा 19:15-17
    3 पदहरू
    77%

    15तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् ।

    16तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू ।

    17हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् ।

  • २ राजा 10:9-11
    3 पदहरू
    77%

    9बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे?

    10अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”

    11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।

  • 17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।

  • १ राजा 19:1-2
    2 पदहरू
    77%

    1¶ एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए ।

    2तब ईजेबेलले एलियाकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “तैँले जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून् ।”

  • २ इति 22:7-8
    2 पदहरू
    76%

    7अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।

    8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।

  • २ राजा 9:2-3
    2 पदहरू
    75%

    2तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।

    3त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”

  • १ राजा 21:7-8
    2 पदहरू
    73%

    7त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।”

    8त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् ।

  • 13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”

  • 9ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ?”

  • 15जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”

  • 3हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।

  • 7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • 25तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।

  • 28तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,

  • 31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

  • 31येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”

  • 42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”

  • 7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।

  • 19त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।

  • 1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।

  • 13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —

  • 1¶ यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो ।

  • 22योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”

  • 7यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।