२ शमूएल 11:16

अनलक शाब्दिक बाइबल

त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 22:17-19 : 17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् । 18 तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो । 19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो ।
  • २ शमू 3:27 : 27 जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए ।
  • २ शमू 11:21 : 21 यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”
  • २ शमू 20:9-9 : 9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते । 10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
  • १ राजा 2:5 : 5 सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले ।
  • १ राजा 2:31-34 : 31 राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ । 32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे । 33 त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस् ।” 34 तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो ।
  • १ राजा 21:12-14 : 12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए । 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे । 14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
  • २ राजा 10:6 : 6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।
  • नीति 29:12 : 12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।
  • हो 5:11 : 11 एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ ।
  • प्रेरि 5:29 : 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 11:17-18
    2 पदहरू
    87%

    17जब सहरका मानिसहरू बाहिर निस्‍के र योआबका फौजसँग युद्ध लडे, तब दाऊदका केही सिपाहीहरू मरे र हित्ती उरियाहलाई पनि त्यहीं मारियो ।

    18जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,

  • २ शमू 11:6-15
    10 पदहरू
    86%

    6त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।

    7जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।

    8दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए ।

    9तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् ।

    10जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?”

    11उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”

    12त्यसैले दाऊदले उरियाहलाई भने, “आज पनि यहीं बस र म तिमीलाई भोलि पठाउने छु ।” त्यसैले उरियाह त्यस दिन र अर्को दिन यरूशलेममा नै बसे ।

    13जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् ।

    14त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।

    15दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।”

  • २ शमू 11:20-26
    7 पदहरू
    78%

    20तब राजा रिसाउन सक्‍छन् र तिनले भन्‍ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ?

    21यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”

    22त्यसैले त्‍यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए ।

    23त्यसपछि त्‍यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्‍दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्‍ने ढोकातिर नै फर्कायौं ।

    24तब उनीहरूका काँड हान्‍नेहरूले पर्खाल माथिबाट तपाईंका केही सिपाहीलाई काँड हाने र राजाका केही सेवक मारिए र तपाईंको दास हित्ती उरियाह पनि मारिए ।”

    25दाऊदले त्‍यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्‍ट पार्छ । त्‍यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्‍यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”

    26जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।

  • 1¶ बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।

  • 41हित्ती उरियाह, अहलैका छोरा जाबाद,

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • 3त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?”

  • 10जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।

  • 9जब योआबले अगाडी र पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्‍ट योद्धाहरूलाई छाने र तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे ।

  • 15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।

  • 8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

  • 1¶ बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।

  • 23तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए ।

  • २ शमू 12:9-11
    3 पदहरू
    72%

    9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

    10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

    11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।

  • 26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।

  • 11योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”

  • 21तर जब राजा यहोयाकीम, तिनका सबै सिपाही र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्यसैले तिनी भागे र मिश्रमा गए ।

  • 39हित्ती उरियाह । जम्‍मा सैंतिस जना थिए ।

  • 4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।

  • १ इति 11:6-7
    2 पदहरू
    70%

    6दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।

    7तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

  • १ इति 19:14-15
    2 पदहरू
    69%

    14यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए ।

    15जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।

  • 31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।

  • २ शमू 12:26-27
    2 पदहरू
    69%

    26यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।

    27त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।

  • 1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

  • 15त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।

  • 13त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए ।

  • 15त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।

  • २ शमू 20:15-16
    2 पदहरू
    69%

    15तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।

    16त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”