२ शमूएल 11:19

अनलक शाब्दिक बाइबल

तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए, “जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस्,

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,

  • 20तब राजा रिसाउन सक्‍छन् र तिनले भन्‍ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ?

  • २ शमू 11:22-23
    2 पदहरू
    77%

    22त्यसैले त्‍यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए ।

    23त्यसपछि त्‍यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्‍दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्‍ने ढोकातिर नै फर्कायौं ।

  • १ इति 19:8-9
    2 पदहरू
    75%

    8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

    9अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।

  • 25दाऊदले त्‍यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्‍ट पार्छ । त्‍यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्‍यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”

  • २ शमू 11:6-7
    2 पदहरू
    71%

    6त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।

    7जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।

  • २ शमू 18:19-22
    4 पदहरू
    71%

    19त्यसपछि सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको छ भन्‍ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस् ।”

    20योआबले तिनलाई भने, “आज तिमी खबर लाने छैनौ । तिमीले यो काम अर्को दिन गर्नुपर्छ । आज तिमीले कुनै समाचार लाने छैनौ किनभने राजाको छोरा मरेको छ ।”

    21त्यसपछि योआबले कूशीलाई भने, “जा, तैंले जे देखेको छस् त्‍यो राजालाई भन् ।” कूशीले योआबलाई दण्डवत गरे र दौडे ।

    22तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्‍न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?”

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • २ शमू 18:25-26
    2 पदहरू
    71%

    25रक्षकले ठुलो सोरले कराए र राजालाई भने । तब राजाले भने, “त्यो एकलै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ ।” त्‍यो धावक नजिक आइपुगे र सहरको नजिकै आए ।

    26त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ ।”

  • २ शमू 3:23-24
    2 पदहरू
    71%

    23जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”

    24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • २ शमू 18:29-30
    2 पदहरू
    70%

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • 17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।

  • २ शमू 14:18-20
    3 पदहरू
    69%

    18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

    19राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।

    20तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।”

  • २ राजा 9:18-19
    2 पदहरू
    69%

    18त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”

    19तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”

  • 4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।

  • 11तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।

  • १ राजा 20:39-40
    2 पदहरू
    69%

    39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'

    40तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।”

  • 2दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।

  • २ शमू 11:14-16
    3 पदहरू
    68%

    14त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।

    15दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।”

    16त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।

  • 5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

  • 29दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?”

  • 1¶ बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।

  • 4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

  • 9अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।

  • 1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”

  • 12त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।

  • 11तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'

  • 11योआबले आब्शालोमबारे बताउने ‍‍त्यो मानिसलाई भने, “हेर, तैंले त्यसलाई देखिस्! तैंले किन त्यसलाई जमिनमा ढालिनस्? मैले तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ ।”

  • 15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 11राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्‍ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?

  • 17परमप्रभुले मलाई यसो भन्‍नुभयो,