२ शमूएल 14:29
त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।
त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
28अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।
30त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।
31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”
32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”
33त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।
23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
24राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
21राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्यो जवान अब्शालोमलाई फर्काएर ल्याऊ ।”
23पुरा दुई वर्षपछि यस्तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बालहासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।
24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”
25राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।
26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”
27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।
14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।
15त्यसपछि योआबको हतियार बोक्ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
1¶ यसपछि यस्तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”
3त्यसैले अब्शालोमले त्यसलाई भन्थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”
4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्यो र म त्यसलाई न्याय दिलाउँथे ।”
5यसैले यस्तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्थे र त्यसलाई अङ्गालो हाल्थे र त्यसलाई चुम्बन गर्थे ।
6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।
7चार वर्षको अन्ततिर यस्तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।
1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
29त्यसैले राजाले जवाफ दिए, “त्यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”
30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।
10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”
11अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए । अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्नो अज्ञानतामा गए ।
12अब्शालोमले बलिदान चाढाउँदा, उनले गिलोका अहीतोपेललाई पनि बोलाए । तिनी दाऊदका सल्लाहकार थिए । अब्शालोमको षड्यान्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्ने मानिसहरूका सङ्ख्या निरन्तर बढ्दै थियो ।
13दाऊदकहाँ एक जना दूत यसो भन्दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”
34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्नो पश्चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
17अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
38यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।
39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्छा गर्यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
22त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
28यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।
29योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।”
30त्यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउनू हुकुम गर्नुभएको छ ।” योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्ने छु ।” त्यसैले बनायाह राजाकहाँ फर्के र भने, “योआब वेदीमा नै मर्न चाहन्छन् ।”
29त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्चर चढे र भागे ।
30यसैले यस्तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्यहाँ एक जना पनि बाँचेका छैनन् ।”
37त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।
26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
15अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।
30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
12त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।'