२ शमूएल 18:13

अनलक शाब्दिक बाइबल

मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 14:19-20 : 19 राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए । 20 तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।”
  • इब्रा 4:13 : 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
  • २ शमू 1:15-16 : 15 दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे । 16 त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”
  • २ शमू 4:10-12 : 10 जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ । 11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?” 12 त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 18:10-12
    3 पदहरू
    83%

    10कसैले यो देख्‍यो र योआबलाई भन्‍यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें!”

    11योआबले आब्शालोमबारे बताउने ‍‍त्यो मानिसलाई भने, “हेर, तैंले त्यसलाई देखिस्! तैंले किन त्यसलाई जमिनमा ढालिनस्? मैले तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ ।”

    12त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।'

  • २ शमू 18:14-15
    2 पदहरू
    81%

    14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।

    15त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।

  • २ शमू 14:31-32
    2 पदहरू
    79%

    31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”

    32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

  • १ शमू 24:11-12
    2 पदहरू
    76%

    11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

    12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

  • २ शमू 19:4-6
    3 पदहरू
    75%

    4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

    5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

    6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।

  • 34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।

  • 9हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'

  • 5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।

  • १ शमू 20:8-9
    2 पदहरू
    74%

    8यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”

    9जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”

  • 28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”

  • २ शमू 15:3-4
    2 पदहरू
    73%

    3त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”

    4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”

  • १ शमू 22:15-16
    2 पदहरू
    73%

    15तिनलाई सहायता मिलोस् भनी मैले परमेश्‍वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।”

    16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

  • २ शमू 18:29-30
    2 पदहरू
    73%

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • 5सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले ।

  • 33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • 18तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।

  • १ राजा 2:31-32
    2 पदहरू
    72%

    31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।

    32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।

  • 8जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।”

  • 20त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।

  • 19साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”

  • 18अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्‍तरता दिन मेरो कुनै छोरा छैन ।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्‍यसलाई अब्शालोमको स्मारक भनिन्छ ।

  • 8तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैंले राज्‍य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्‍तपातको मानिस होस् ।”

  • 16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 21नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।”

  • 2जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”

  • २ शमू 14:18-19
    2 पदहरू
    71%

    18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

    19राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।

  • 10राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”

  • 23तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् ।

  • 22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”

  • 9पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्‍वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,

  • 2तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।

  • 10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”

  • 10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”

  • 1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

  • 27योआबले जवाफ दिए, “जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।”

  • 28जब दाऊदले यस कुराको बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको रगतको सम्बन्धमा म र मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं ।

  • 30यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”