२ शमूएल 20:3

अनलक शाब्दिक बाइबल

जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 15:16 : 16 राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्‍नीलाई राजाले छोडिराखे ।
  • २ शमू 16:21-22 : 21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।” 22 त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।
  • उत्प 40:3 : 3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 15:15-17
    3 पदहरू
    80%

    15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”

    16राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्‍नीलाई राजाले छोडिराखे ।

    17राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।

  • 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।

  • 3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।

  • १ शमू 30:2-5
    4 पदहरू
    72%

    2र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।

    3जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।

    4जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।

    5दाऊदका दुवै पत्‍नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्‍नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।

  • २ शमू 16:21-22
    2 पदहरू
    72%

    21अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”

    22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।

  • 3दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्‍नी यिजरेली अहीनोम र नाबालकी पत्‍नी कार्मेली स्‍त्री अबीगेल गातमा आकीशसँग बसे ।

  • 5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

  • 2त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।

  • २ शमू 11:9-11
    3 पदहरू
    70%

    9तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् ।

    10जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?”

    11उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”

  • 3सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।

  • २ शमू 11:26-27
    2 पदहरू
    70%

    26जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।

    27जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।

  • २ शमू 12:9-11
    3 पदहरू
    70%

    9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

    10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

    11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।

  • 9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • २ शमू 2:2-3
    2 पदहरू
    70%

    2त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए ।

    3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।

  • २ शमू 11:1-4
    4 पदहरू
    70%

    1¶ बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।

    2त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।

    3त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?”

    4दाऊदले दूतहरू पठाए र तिनलाई ल्याए । तिनकहाँ उनी आइन् र तिनी उनीसँग सुते (किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन्)। त्‍यसपछि उनी आफ्नै घरमा फर्किन् ।

  • 2तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी ।

  • 4त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”

  • 15त्यसैले बतशेबा राजाको कोठामा गइन् । राजा अत्यन्तै वृद्ध भइसकेका थिए, र शूनम्मी अबीशगले राजाको सेवा गर्दै थिइन् ।

  • 20त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”

  • १ शमू 30:21-22
    2 पदहरू
    69%

    21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।

    22तब दाऊदसँग गएका सबै दुष्‍ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्‍नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”

  • 17बरु, तिनले आफ्नो व्यक्‍तिगत सेवकलाई बोलाए र भने, “यो स्‍त्रीलाई मबाट हटाओ र त्‍यसलाई निकालेपछि ढोका बन्‍द गरिदेओ ।”

  • 1¶ जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो ।

  • 11दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।

  • 43यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्‍नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्‍नीहरू भए ।

  • 18अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे । अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए ।

  • 5दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।”

  • 20अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।

  • 13जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् ।

  • 12त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।

  • 24दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो

  • 22त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।

  • 5रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्‍नीलाई बलात्कार गरे र त्यो मरी ।

  • 15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।

  • 1¶ बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।