२ शमूएल 20:7
त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6त्यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
13अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।
14शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
1¶ त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
2त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्ना राजाको पछिपछि गए ।
21त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
22त्यसपछि ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
23अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
10अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए ।
11योआबका मानिसमध्ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्यो जसले योआबको पक्ष लिन्छ र त्यो जो दाऊदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस् ।”
17राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।
18तिनका सबै फौज तिनीसँगै हिंडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।
8जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
29अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्यसपछि महनोममा पुगे ।
30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
31तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
12नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
13सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्डर थिए ।
17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्य अधिकारीहरू थिए ।
24तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
25बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।
8दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।”
9त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
10तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
16बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
15त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए ।
4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
22त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
2त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए । राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जाने छु ।”
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
20तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।
14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”
15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्नुहुन्छ सो गर्न तयार छन् ।”
24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
5जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्दै गर्दा उसले सराप्दै गयो ।
25शेभा शास्त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
13दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
15जब अम्मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
17त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्ने परास्त भए ।
15त्यसपछि योआबको हतियार बोक्ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
29योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।”
18यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।
1¶ त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।